सीआईबीका डीएसपी धर्मराज भण्डारी उत्कृष्ट अनुसन्धानकर्ता
सारांश
- प्रहरी प्रधान कार्यालयले उत्कृष्ट प्रहरी कर्मचारीहरूलाई पुरस्कृत गरेको छ।
- डीएसपी धर्मराज भण्डारीलाई सर्वोत्कृष्ट अनुसन्धानकर्ता घोषणा गरी ५१ हजार नगद र प्रशंसापत्र प्रदान गरियो।
- डीएसपी मधुकुमार थापालाई उत्कृष्ट कार्य पुरस्कार प्रदान गरियो, जसले भद्रकालीस्थित प्रहरी परिसरको भवन जोगाए।
काठमाडौँ । प्रहरी प्रधान कार्यालयले उत्कृष्ट प्रहरी कर्मचारीहरूलाई पुरस्कृत गरेको छ । ७० औँ प्रहरी दिवसको अवसरमा डीएसपी धर्मराज भण्डारीलाई सर्वोत्कृष्ट अनुसन्धानकर्ता घोषणा गरिएको छ । उनलाई गृहमन्त्री ओमप्रकाश अर्यालले ५१ हजार नगद र प्रशंसापत्र प्रदान गरे ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा कार्यरत भण्डारी अनुसन्धानमा अब्बल मानिन्छन् । यस वर्षको पूर्ण शान्ति पुरस्कार जिल्ला प्रहरी कार्यालय रामेछापका डीएसपी भोलाकुमार भट्टलाई प्रदान गरिएको छ ।
प्रहरी वृत्त कालिमाटीमा कार्यरत डीएसपी मधुकुमार थापालाई ‘उत्कृष्ट कार्य’ पुरस्कार प्रदान गरिएको छ । भदौ २४ मा उच्छृङ्खल समूहले भद्रकालीस्थित जिल्ला प्रहरी परिसर काठमाडौँमा आक्रमण प्रयास गरेको थियो । डीएसपी थापा नेतृत्वको टोलीले जवाफी कारबाही गरेर सो भवन क्षति हुनबाट जोगाएको थियो । कालिमाटीबाट आएको उनको नेतृत्वको १२० जनाको टिमले कार्यालय भवन जोगाएको प्रहरी अधिकृतहरू बताउँछन् ।
डिल्लीबजार कारागारमा कार्यरत इन्स्पेक्टर दुर्गा राईलाई पनि पुरस्कार प्रदान गरिएको छ । प्रहरी अस्पताल महाराजगन्जका एसएसपी डा.आशिष दत्त, अपराध अनुसन्धान विभागमा कार्यरत एसपी वासुदेव पाठक, जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी हरिबहादुर बस्नेत र उपत्यका अपराध अनुसन्धान कार्यालयका इन्स्पेक्टर अच्युत गिरी लगायतका प्रहरी कर्मचारीलाई प्रशंसा पत्र र पुरस्कार प्रदान गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुर्खेतमा ग्यास अभाव नभएको निगमको दाबी
-
विदेशको सिको गरेर नियम लाद्नुअघि सडक पूर्वाधार सुधार गरियोस्: अध्यक्ष सिटौला
-
सीजेपी आन्दोलन : मोदीले अनुमान गर्न नसकेको भारतको युवा आन्दोलन
-
ट्राफिक व्यवस्थापनमा ‘पहिला म’ होइन ‘पहिला तपाईं’ भन्ने संस्कार आवश्यक: राजेश हमाल
-
स्रोत नखुलेको साढे ६ लाखसहित उपसचिव पक्राउ
-
जोरपाटीबाट एसएलआरको गोलीसहित एक जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण