‘नेपालले अब टेस्ट राष्ट्रलाई हराउन सक्छ’ (भिडियो)
काठमाडौँ । सन् २०१४ मा पहिलोपटक आईसीसी टी-२० विश्वकप क्रिकेट खेलेको नेपाली राष्ट्रिय क्रिकेट टिमलाई त्यसपछि एक दशक पर्खनुपर्यो । सन् २०२४ मा नेपालले दोस्रो पटक टी-२० विश्वकप खेल्यो । अब सन् २०२६ मा नेपाली राष्ट्रिय क्रिकेट टिम टी-२० विश्वकप खेल्दैछ । यो लगातार दोस्रो पटक हुनेछ ।
नेपाली क्रिकेट टिमले लगातार उत्कृष्ट प्रदर्शन गरिरहेको छ । खेल हो कमीकमजोरी पनि हुन्छन्, यसलाई सुधार्नुपर्ने हुन्छ ।
नेपाल पुलिस क्लबका मुख्य प्रशिक्षक मञ्जित श्रेष्ठले नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रशंसा गर्दै केही सुझाव दिएका छन् ।
‘अहिले नेपाली टोलीले जुन स्तरको क्रिकेट खेलिरहेको छ, यो साँच्चै नै प्रशंसनीय छ । केही कमजोरी भए पनि, टोलीले राम्रो प्रदर्शन गरिरहेको छ,’ रातोपाटी स्टुडियोमा आएका श्रेष्ठले भने, ‘मिडल अर्डरमा समस्या देखिएको छ, यसलाई सुधार्न सके अझ राम्रो हुन्छ ।‘
उनले खेलाडीहरुको क्षमताबारे पनि कुरा गरे । ओपनर जोडी कुशल भुर्तेल र आसिफ शेखको प्रशंसा गर्दै प्रशिक्षक श्रेष्ठले उनीहरू जुनसुकै पिचमा खेल्न सक्ने क्षमता राख्ने बताए । दीपेन्द्र सिंह ऐरीलाई उनी उत्कृष्ट ब्याट्सम्यानको रुपमा मूल्यांकन गर्छन् । गुल्सन झाको उदयले टिममा ऊर्जा भरेको छ ।
विस्तृत भिडियोमा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण