बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
राजनीति

बृहत्तर एलायन्स निर्माणमा रास्वपाकाे संवाद समिति विस्तार

शुक्रबार, ३१ असोज २०८२, १८ : ५५
शुक्रबार, ३१ असोज २०८२

सारांश

  • रास्वपाको सचिवालय बैठकले उच्चस्तरीय संवाद समिति विस्तार गर्ने निर्णय गर्यो।
  • शिशिर खनाल र डा. तोसिमा कार्कीलाई संवाद समितिको उपसंयोजक र सदस्यमा मनोनयन गरियो।
  • २०८२ को निर्वाचनलाई लक्षित गरी वाचापत्र तयारी समिति विस्तार गर्ने निर्णय पनि गरियो।

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) शुक्रबार बसेको सचिवालय बैठकले विभिन्न निर्णयहरू गरेको छ । 

बैठकले परिवर्तित अवस्थामा बृहत्तर एलायन्स निर्माण सम्बन्धमा भएका प्रयासहरूबारे छलफल गर्दै उच्चस्तरीय संवाद समिति विस्तार गर्ने निर्णय गरिएको महामन्त्री कविन्द्र बुर्लाकोटीले बताए ।

संवाद समितिको उपसंयोजकमा केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शिशिर खनाल र सदस्यमा केन्द्रीय सदस्य एवं पूर्व राज्यमन्त्री डा. तोसिमा कार्कीलाई मनोनयन गर्ने निर्णय गरिएको छ । संवाद समितिमा आवश्यकता अनुसार पार्टी सचिवालय सदस्यहरूलाई संवाद दूतका रुपमा संलग्न गराउने निर्णय पनि बैठकले गरेको छ । 

प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ लाई लक्षित गरी गठन गरिएको वाचापत्र तयारी समिति विस्तार गर्ने निर्णय पनि गरिएको छ । 

समितिमा सचिवालय सदस्य एवं पूर्व प्रमुख सचेतक सन्तोष परियार, केन्द्रीय सदस्य सोबिता गौतम, केन्द्रीय सदस्य गणेश कार्की र केन्द्रीय सदस्य डा नन्दन यादवलाई मनोनयन गर्ने निर्णय गरिएको महामन्त्री बुर्लाकोटीले बताए ।  

त्यस्तै आज हुने केन्द्रीय समितिको भर्चुअल बैठकमा आगामी विस्तारित बैठकको सहभागी, विस्तारित बैठकको एजेण्डा र विस्तारित बैठकमा प्राप्त सुझाव एवं रायहरूको सम्बोधन मोडालिटी बारे छलफल गर्ने निर्णय गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप