माओवादी निकट ट्रेड युनियनको चियापान कार्यक्रम शनिबार
शुक्रबार, ३१ असोज २०८२, २३ : १०
सारांश
- अखिल नेपाल ट्रेड युनियन महासङ्घले २०८२ साल कार्तिक १ गते चियापान तथा शुभकामना आदान-प्रदान कार्यक्रम गर्दैछ।
- यो कार्यक्रम विजयादशमी, तिहार, नेपाल संवत् र छठ पर्वको अवसरमा आयोजना हुँदैछ।
- कार्यक्रममा नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' प्रमुख अतिथि रहनेछन्।
काठमाडौँ । नेकपा माओवादी केन्द्र निकट अखिल नेपाल ट्रेड युनियन महासङ्घले २०८२ साल कार्तिक १ गते शनिबार (भोली) चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रम आयोजना गर्ने भएको छ।
महासङ्घले नेपालीहरूको महान् चाड विजयादशमी, तिहार, नेपाल संवत् तथा छठ पर्वको अवसरमा उक्त कार्यक्रम आयोजना गर्न लागेको हो। कार्यक्रममा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रमुख अतिथि रहनेछन्।
कार्यक्रम दिउँसो १२ बजे महासङ्घको केन्द्रीय कार्यालय, पेरिसडाँडामा हुने महासङ्घका युवा इन्चार्ज राजेन्द्र न्यौपानेले जानकारी दिएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण