तिहार बिदामा पनि बैङ्किङ सेवा दिन राष्ट्र बैङ्कको आग्रह
शनिबार, ०१ कात्तिक २०८२, ०४ : ४९
सारांश
- नेपाल राष्ट्र बैंकले भन्सार जाँचपासका लागि भाइटिका बाहेक अन्य दिनमा पनि बैंकिङ सेवा सुचारु गर्न आग्रह गरेको छ।
- केन्द्रीय बैंकले व्यापार सहजीकरण र आपूर्ति प्रणालीलाई ध्यानमा राख्दै बैंक तथा वित्तीय संस्थाहरूलाई पत्राचार गरेको हो।
- राष्ट्र बैंकले शनिबार (आज) आरटीजीएस प्रणाली बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म सञ्चालन गर्ने जनाएको छ।
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थालाई भाइटिकाको दिन बाहेक अन्य दिन पनि भन्सार जाँच पासका लागि बैङ्किङ सेवा सञ्चालन गर्न आग्रह गरेको छ ।
केन्द्रीय बैङ्कले क, ख र ग वर्गका बैङ्क तथा वित्तीय संस्थालाई पत्राचार गर्दै व्यापार सहजीकरण गर्न, आपूर्ति प्रणाली सञ्चालनमा राख्नका लागि बैङ्किङ प्रणाली सञ्चालनमा राख्न आग्रह गरेको हो ।
त्यसैगरी राष्ट्र बैङ्कले आज शनिबारका लागि ‘रियल टाइम ग्रस सेटलमेन्ट’ (आरटीजीएस) प्रणाली बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म सञ्चालन हुने जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण