‘सोल्टिनी’को कलाकारले देशव्यापी देउसी–भैलो कार्यक्रममा गर्ने
काठमाडौँ । कार्तिक ६ गते भाइटिकाको दिन रिलिज हुन लागेको नेपाली चलचित्र ‘सोल्टिनी’ ले नयाँ गीत ‘बाचुन्जेल पो’ सार्वजनिक गरिएको छ। गीतमा शब्द तथा सङ्गीत प्रशान्त सिवाकोटीको छ भने स्वर प्रशान्त सिवाकोटी र झुमा लिम्बुले दिएका छन्। गीतले चलचित्रको भावनात्मक कथालाई झल्काउने प्रयास गरेको छ।
चलचित्र ‘सोल्टिनी’को कथा एक अन्तरजातीय प्रेमकथामा आधारित छ, जसले सामाजिक विभेद, समुदायबिचको असमानता र प्रेममा देखिने सङ्घर्षलाई उजागर गर्छ।
अर्जुन सुवेदी निर्देशित चलचित्रमा प्रकाश सपुत र परीक्षा लिम्बु मुख्य भूमिकामा छन्। उनीहरूसँगै विल्सन विक्रम राई, रवीन्द्र झा, सुन्दर धिताल, सुजन खतिवडा, सबु गुरुङ, प्रकाश घिमिरे, प्रेम सुब्बा र कविता आले लगायत कलाकारको पनि अभिनय छ।
यसैबिच, चलचित्र ‘सोल्टिनी’को प्रमोसन अभियान अन्तर्गत कलाकार टोली देशका विभिन्न सहरमा देउसी–भैलो कार्यक्रममा सहभागी हुने भएको छ। पहिलो दिन कार्तिक २ गते झापाको दमक, दोस्रो दिन कार्तिक ३ गते सुनसरीको धरान, तेस्रो दिन कार्तिक ४ गते कास्कीको पोखरा र चौथो दिन कार्तिक ५ गते काठमाडौँमा देउसी-भैलो आयोजना गरिएको सोल्टिनीका प्रोजेक्ट सुजन खतिवडाले बताए।
उनका अनुसार, यी कार्यक्रममार्फत दर्शकहरूसँग प्रत्यक्ष भेटघाट गर्दै चलचित्रप्रति सकारात्मक ऊर्जा साट्ने र सांस्कृतिक वातावरणमा नेपाली चलचित्रको प्रचार गर्ने उद्देश्य रहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राकृतिक स्रोत साधन संरक्षण र राष्ट्रियकरण गर्नुपर्ने अवधारणा वीपीको : गगन थापा
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण