जनकपुरमा सुन व्यवसायीमाथि प्रहरी हस्तक्षेपको घटनाप्रति महासंघको ध्यानाकर्षण
सारांश
- जनकपुरधाममा सुनचाँदी पसलमा छापा मारिएको घटनाप्रति महासंघको ध्यानाकर्षण भएको छ।
- महासंघले व्यवसायीमा त्रास फैलाउने कार्यको छानबिन गरी कारबाहीको माग गरेको छ।
- घटनामा घाइते व्यवसायी र प्रहरीको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ।
काठमाडौँ । जनकपुरधाम उपमहानगरपालिका वडा नं. ५ स्थित सञ्जय पायल ज्वेलर्समा ‘अवैध सुनचाँदी कारोबारको शङ्का’मा शुक्रबार धनुषा जिल्ला प्रहरी कार्यालयबाट गरिएको छापा र त्यसक्रममा भएको कार्यशैलीप्रति नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
महासंघले सुनचाँदी व्यवसाय संवेदनशील र कानुनी ढाँचामा सञ्चालन गरिने क्षेत्र भए पनि कानुनको नाममा अनुशासनविहीन र अमानवीय व्यवहार स्वीकार्य नभएको बताएको छ। तिहारको पूर्वसन्ध्यामा भएको यस्तो हस्तक्षेपले व्यवसायीहरूमा त्रास, असुरक्षा र राज्यप्रति अविश्वासको वातावरण सिर्जना गरेको महासंघको भनाइ छ।
महासंघले घटनाको तत्काल निष्पक्ष छानबिन गर्न र सुरक्षाकर्मी वा अन्य जिम्मेवार पक्षबाट कानुनविपरीत व्यवहार भएको प्रमाणित भएमा कानुनी प्रक्रिया अघि बढाउन माग गरेको छ। साथै, हचुवा किसिमले व्यवसायीहरूलाई अनावश्यक दुःख दिने कार्य अविलम्ब रोक्न सम्बन्धित निकायलाई अनुरोध गरेको छ।
घटनाक्रममा भएको झडपमा घाइते व्यवसायी एवं जनकपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुरेश कुमार भण्डारी र जिल्ला प्रहरीका प्रहरीहरूको महासंघले शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राज्ञिक तिर्थ पाणिनि तपोभूमिबारे विमर्श
-
बालेनले रास्वपा महाधिवेशनमा दिए संसद्मा उठेका प्रश्नकाे जवाफ
-
राहदानी छपाइ प्रकरणः पूर्वपरराष्ट्रमन्त्री श्रेष्ठसँग अख्तियारले लियो बयान
-
रास्वपाको महाधिवेशनस्थलमा रवि–बालेनको डमी, तस्बिरहरु
-
रवि र बालेनले घण्टी बजाएर गरे रास्वपाको महाधिवेशन उद्घाटन, तस्बिरहरू
-
रास्वपा महाधिवेशनमा कति हुन्छन् प्रतिनिधि सहभागी ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण