फिल्म ‘कस्तुरी’ मा जोडी बाँध्दै निखिल र वर्षा
सारांश
- निखिल उप्रेती र वर्षा शिवाकोटीको मुख्य भूमिका रहने फिल्म ‘कस्तुरी’ निर्माण हुने घोषणा गरिएको छ।
- फिल्म सस्पेन्स थ्रिलर विधामा निर्माण हुनेछ, जसमा मनोवैज्ञानिक तनाव, हत्या, अपहरण र षड्यन्त्रका विषयवस्तुहरू समावेश हुनेछन्।
- ऋत बोहोराको निर्देशन रहने फिल्ममा निखिल र वर्षा पहिलो पटक एकसाथ पर्दामा देखिँदैछन्, छायाङ्कन मंसिरदेखि काठमाडौँमा सुरु हुनेछ।
काठमाडौँ । निखिल उप्रेती र वर्षा शिवाकोटीको मुख्य भूमिका रहने फिल्म ‘कस्तुरी’ निर्माण हुने भएको छ । आइतबार निर्माण टिमले फिल्म निर्माणको औपचारिक घोषणा गरेको हो ।
कर्पोरेट क्षेत्रमा टेन प्लास्ट इन्डस्ट्रिज प्रालिमार्फत विभिन्न उद्योग–व्यवसाय सञ्चालन गर्दै आएका धिरज अग्रवालले टेन इन्टरटेनमेन्ट प्रालिको ब्यानरबाट ‘कस्तुरी’ निर्माण गर्न लागेका हुन् ।
फिल्मको ऋत बोहोराले निर्देशन गर्दैछन् । बोहोराकै कथा रहेको फिल्म सस्पेन्स थ्रिलर विधामा निर्माण हुन लागेको हो । निर्देशक बोहोराले फिल्ममा रहस्य, डर र उत्सुकता मिसिएको कथा प्रस्तुत गरिनेछ । फिल्मले मनोवैज्ञानिक तनाव, हत्या, अपहरण र षड्यन्त्रजस्ता विषय समेत समेट्ने बोहोराको भनाई छ ।
यो फिल्म मार्फत निखिल र वर्षाले पहिलोपटक पर्दा सेयर गर्न लागेका हुन् । निशा अधिकारी, ब्रजेश खनाल, शेखर चापागाईं र निर्मल शर्माले पनि अभिनय गर्नेछन् भने अन्य कलाकार र प्राविधिक टोलीको छनोट जारी छ ।
फिल्मको लेखन ब्रजेश खनालले गरेका हुन् भने निर्माता धिरजकुमार अग्रवाल हुन् । सहनिर्मातामा अञ्जली चौधरी रहेकी छन् । फिल्मको छायाङ्कन आलोक शुक्लाले गर्नेछन् । फिल्ममा संगीत प्रशान्त शिवाकोटीको रहेनछ । मंसिरदेखि छायाङ्कन हुने फिल्म काठमाडौँ र आसपासका क्षेत्रमा खिचिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण