श्रमदानमार्फत झोलुङ्गे पुल मर्मत
सारांश
- म्याग्दीको बेनी नगरपालिका र मङ्गला गाउँपालिकाको सिमानामा रहेको झोलुङ्गे पुल स्थानीयको श्रमदानबाट मर्मत गरियो।
- पुल मर्मतका लागि स्थानीयले टुनीको रुखको प्रयोग गरेर फल्याक बनाए र करिब ६६ हजार ६०० रुपैयाँ खर्च भयो।
- पुल मर्मतपछि अर्जेखोला, खर्क लगायतका क्षेत्रका बासिन्दालाई आवतजावतमा सहजता हुनेछ।
म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–३ को सिमाना अर्जेखोलामा पर्ने झोलुङ्गे पुलको स्थानीयले श्रमदानबाट मर्मत गरेका छन् । बरङ्जाको न्यू स्टार युवा क्लबको अगुवाइमा स्थानीयले शनिबार श्रमदान गरेर पुल मर्मत गरेका हुन् ।
करिब २० वर्षअघि निर्माण भएको उक्त पुलमा बिछ्याइएको काठको फल्याक खस्नुका साथै भाचिँएपछि जीर्ण बनेको थियो । मर्मत भएपछि जोखिम मोलेर आवतजावत गर्नुपर्ने समस्या अन्त्य भएको स्थानीय बताउँछन् ।
स्थानीयद्वारा उपलब्ध टुनीको रुख काटेर फल्याक बनाइएको थियो । पुरानो फल्याक हटाउन र नयाँ राख्न शनिबार करिब एक सय स्थानीयले श्रमदान गरेका क्लबका अध्यक्ष गणेश केसीले जानकारी दिए । उनका अनुसार काठ काट्न र सामग्री खरिद गर्न रु ६६ हजार ६०० खर्च भएको छ ।
अहिले पनि स्थानीयबाट सहयोग जुट्ने क्रम जारी रहेको अध्यक्ष केसीले बताए । करिब ३० मिटर लामो उक्त पुल मर्मतपछि अर्जेखोला, खर्क, बनाहपिङ्गे, थामडाँडा, सिङ्गा, तातोपानीलगायत क्षेत्रका बासिन्दा लाभान्वित हुने उनको भनाइ छ ।
सडक, यातायातको सुविधा पुग्नुअघि बरङ्जाका बासिन्दा तातोपानी र बेनी बजार आउजाउ गर्न यही झोलुङ्गे पुल हुँदै पदमार्गको प्रयोग गर्दथे । बिजुली आमा समूह, सामुदायिक वन, बि एण्ड पी क्लबलगायत स्थानीय सङ्घसंस्थाले पनि पुल मर्मतमा सहयोग गरेका क्लबका अध्यक्ष केसीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक सातापछि मृत्यु जितेर फर्किएका दावा शेर्पा, तस्बिरहरू
-
विज्ञहरूको पर्याप्त सुझावविना विधि विज्ञान प्रयोगशाला विधेयक अघि बढ्दैन: मन्त्री पोखरेल
-
भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० जना घाइते
-
राजेन्द्र लिङ्देनले पार्टी छोड्न बाध्य बनाएको धवलशमशेरको आरोप
-
नेपालगञ्जमा चराचुरुङ्गी बचाउ अभियान
-
स्थलयुद्धमा प्रगति हुन नसकेपछि युक्रेनमाथि हवाई आक्रमण तीव्र बनाउँदै रुस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण