तीन स्थानमा भएको सवारी दुर्घटनामा चार जनाको मृत्यु
सारांश
- बारा, नवलपरासी पूर्व र धनुषामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ।
- बाराको जीतपुरसिमरामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भयो, भने एक जना घाइते भए।
- नवलपरासीमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भयो, भने एक जना घाइते भए।
- धनुषामा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भयो, चालक सहित दुई जना घाइते छन्।
काठमाडौँ । बारा, नवलपरासी पूर्व र धनुषामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी चार जनाको मृत्यु भएको छ।
बाराको जीतपुरसिमरा उपमहानगरपालिका-१, पथलैयामा गए राति मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक साजन तमाङ (२०) र मोटरसाइकलमा सवार किरण मोक्तान (२२) को उपचारको क्रममा मृत्यु भएको छ।
यसैगरी, नवलपरासी पूर्वको मध्यबिन्दु नगरपालिका-११, दमारस्थित सडकमा शनिबार राति मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकलमा सवार २३ वर्षीय सुदिप बरालको उपचारको क्रममा मृत्यु भएको छ। दुर्घटनामा घाइते भएका अर्का एक जनालाई भरतपुर रिफर गरिएको छ।
धनुषाको जनकपुरधाम उपमहानगरपालिका-१८, भोईलस्थित सडकमा शनिबार दिउँसो मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलमा सवार १६ वर्षीय अर्जुन दासको उपचारको क्रममा मृत्यु भएको छ। उक्त दुर्घटनामा घाइते भएका चालकसहित अन्य दुई जनाको उपचार भइरहेको छ।
प्रहरीले सबै दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकीमा एउटै मन्त्रालयको दायित्व ७ अर्ब नाघ्यो, रुग्ण आयोजना किनारा लगाउन निर्देशन
-
कृषि विश्वविद्यालय विदेशी विद्यार्थी भर्ना लिने तयारीमा
-
कांग्रेस जोगाउन स्थानीय जनप्रतिनिधिकाे हस्तक्षेप, राष्ट्रिय भेला बोलाइयो
-
सडकमा प्रहरीको लाठी, सामाजिक सञ्जालमा मिम : युवा-विद्रोहको बदलिँदो रूप
-
तीन महिनामा ७ हजार फरार प्रतिवादी पक्राउ
-
मे महिनायता पहिलोपटक तेलको मूल्य प्रतिब्यारल १०० डलर पुग्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण