शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
फोटो फिचर

जेनजी आन्दोलनले रोकिएको मापसे लगायत चेकिङ पुन: सुरु, तस्बिरहरू

आइतबार, ०२ कात्तिक २०८२, १९ : ४५
आइतबार, ०२ कात्तिक २०८२

काठमाडौँ । गत भदौ २३ र २४ को जेनजी आन्दोलनको केही समय ट्राफिक प्रहरीका लागि कष्टप्रद रहे ।

नेपाली सेना सडकबाट ब्यारेकमा फर्किएपछि नियमित सेवाका लागि सडकमा खटिएका कतिपय ट्राफिक प्रहरीहरूसँग युनिफर्म थिएन, जुत्ता थिएनन् ।

सामान्य कपडामा चप्पल लगाएर समेत सवारी व्यवस्थापनमा उनीहरू खटिए । अहिले उनीहरू पूर्ण रूपमा पहिलेकै अवस्थामा सेवा दिने भइसकेका छन् ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीका अनुसार अहिले नियमित ट्राफिक चेकिङ सुरु भइसकेको छ । ट्राफिक नियम उल्लङ्घन गर्नेहरूलाई जरिवाना र कारबाही प्रक्रिया पनि सुरु भइसकेको छ ।

मापसे चेकिङ पनि ६०–७० ठाउँमा सुरु भइसकेको छ । बाइक मोडिफाइ, चोरीमा पनि सक्रियता बढाएको छ । चाडपर्वको समयमा मापसे गरेर सवारी चलाउँदा हुन सक्ने जोखिम न्यूनीकरण गर्न चेकप्वाइन्ट खडा गरी ट्राफिक चेकजाँच बढाइएको छ । 

'सरप्राइज चेकजाँच पनि हुन्छ । चाडपर्वको नाममा सुरक्षामा सम्झौता गर्न पाइँदैन । कारबाही भन्दा अघि सचेतनामा पनि जोड दिन्छौँ । नागरिकले म पनि बिना बर्दीको प्रहरी हो भन्ने भावना राख्नुपर्छ,’ उनले भने, ’बढी जाम हुने ठाउँ लोकेट गरेर अतिरिक्त जनशक्ति पठाउँछौ । पार्किङको समस्या छ त्यता पनि ध्यान दिन्छौँ । ट्राफिक लाइटहरू पनि व्यवस्थित गरिरहेका छौँ।  स्पिड मापन गर्ने मेकानिज्म सुचारु छ कारबाही पनि भइरहेको छ ।’ 

नागरिक एपले काम नगरेका कारण अनलाइन सिस्टम भने अहिले चलेको छैन। यातायात व्यवस्था विभागको सर्भरले पनि काम नगरेको हुनाले अनलाइन सेवा भने सूचना नै जारी गरेर बन्द गरेको छ । सबै कुराहरू भौतिक रूपमै भइरहेको छ । 

'मापसे कक्षा तिहार लगत्तै सुरु हुन्छ । अहिलेसम्म चिट काटिएकाहरूले तिहारपछि क्लास लिनुपर्ने हुन्छ ।ब्रेथलाइजर कम भएर मापसे चेकिङ कम भएको होइन । चेकिङ नियमित रूपमै भइरहेकै छ,’ अधिकारीले भने ।   

नागरिकले भवन मर्मत तथा पुनर्निर्माणमा देखाएको सदासयता र न्यानो मायाले मनोबल बढेको तर व्यवस्थापकीय कुराहरू भने धेरै गर्नु पर्ने आवश्यकता रहेको उनले बताए । 

'मनोबल अझै बढाउन रिफ्रेसमेन्ट पनि गरिरहेका छौँ । कहिले फिल्म हेर्न जाने कहिले हाइकिङ जाने गरिरहेका छौँ । आन्तरिक रूपमा पनि विभिन्न कार्यक्रमहरू गरिरहेका छौँ । नेपाल प्रहरीसँग अनुभव आदानप्रदान गर्ने गरिरहेका छौँ । पहिलेको भन्दा पनि प्रभावकारी र परिष्कृत सेवा दिने कोसिस गरिरहेका छौँ,’ उनले भने । 

जेनजी आन्दोलनका क्रममा कुल ७८ वटा युनिटमा क्षति पुगेकोमा ६ वटामा बाहेक सबै ठाउँमा ट्राफिक पुनर्स्थापना भइसकेको छ ।

'कागजात केही रेकर्डेड छ नभएको हकमा अनलाइन आवेदन दिए हामी सिफारिस दिन्छौँ यातायात कार्यालयमा गएर बनाउन सकिन्छ,’ अधिकारीले भने ।

11-Traffic police checking_Nepal Photo Library1112-Traffic police checking_Nepal Photo Library1213-Traffic police checking_Nepal Photo Library1314-Traffic police checking_Nepal Photo Library1415-Traffic police checking_Nepal Photo Library1516-Traffic police checking_Nepal Photo Library16

01-Traffic police checking_Nepal Photo Library202-Traffic police checking_Nepal Photo Library303-Traffic police checking_Nepal Photo Library404-Traffic police checking_Nepal Photo Library505-Traffic police checking_Nepal Photo Library606-Traffic police checking_Nepal Photo Library707-Traffic police checking_Nepal Photo Library808-Traffic police checking_Nepal Photo Library109-Traffic police checking_Nepal Photo Library910-Traffic police checking_Nepal Photo Library10

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप