कोलम्बियालाई अमेरिकाले दिँदै आएको सहयोग बन्द गर्ने राष्ट्रपति ट्रम्पको चेतावनी
सारांश
- अमेरिकी राष्ट्रपति ट्रम्पले कोलम्बियालाई दिँदै आएको आर्थिक सहयोग रोक्ने घोषणा गरेका छन्।
- ट्रम्पले वामपन्थी राष्ट्रपति पेट्रोले कोकिन उत्पादन रोक्न कदम नचालेको आरोप लगाएका छन्।
- कोलम्बियाले अमेरिकाबाट हतियार खरिद रोकेको र पेट्रोको अमेरिकी भिसा रद्द भएको छ।
वासिङटन डिसी । अमेरिकाले कोलम्बियालाई दिँदै आएको आर्थिक सहयोग रोक्ने घोषणा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेका छन् । वामपन्थी राष्ट्रपति गुस्ताभो पेट्रोलो अमेरिकाबाट ठूलो मात्रामा रकम भुक्तानी र अनुदानका बाबजुद कोकिन उत्पादन रोक्न कुनै कदम नचालेको ट्रम्पको आरोप रहेको छ।
ट्रम्पले आफ्नै लगानीको सामाजिक सञ्जाल ट्रुथ सोसल प्लेटफर्ममा लेखेका छन्, ‘आजको मितिदेखि कोलम्बियालाई कुनै पनि प्रकारको भुक्तानी वा अनुदान दिइने छैन।’ गत महिना वासिङ्टनले कोलम्बियालाई लागुऔषध विरुद्धको लडाइँमा असहयोग गरेको बताएको थियो ।
लागूपदार्थविरुद्धको तथाकथित युद्धमा दशकौँको घनिष्ठ गठबन्धन पछि ट्रम्पले सेप्टेम्बरमा पेट्रोलाई कोकिन उत्पादन रोक्न असफल भएको मात्र नभई यसको उत्पादन वृद्धिलाई रोक्न पहल नगरेको भनी निन्दा गरेका थिए ।
कोलम्बियाले आफ्नो सबैभन्दा ठूलो सैन्य साझेदार अमेरिकाबाट हतियार खरिद रोकेको छ । गत महिना संयुक्त राष्ट्रसङ्घको महासभाको क्रममा पेट्रोले न्यूयोर्कमा प्यालेस्टाइन समर्थक रयालीको पक्षमा बोलेको भन्दै अमेरिकाले उहाँको अमेरिकी भिसा रद्द गरेको थियो।
भेनेजुयलाको समुद्री तटमा अमेरिकी नौसैनिक तैनाथ गरेको र ड्रग्स बोकेको आरोपमा अमेरिकातर्फ गइरहेको डुङ्गामाथि अमेरिकाले गरेको आक्रमणको पनि उनले उच्च आलोचना गर्दै आएका छन् ।
आइतबारको आफ्नो पोस्टमा ट्रम्पले कोलम्बियाविरूद्ध अमेरिकी हस्तक्षेपको सङ्केत गरेजस्तो देखिन्छ । ट्रम्पले लेखेका छन्, ‘कमजोर र अलोकप्रिय नेता पेट्रोले अमेरिकाप्रति ताजा नाका राखेर यी हत्याका क्षेत्रलाई तुरुन्त बन्द गर्नु राम्रो हुन्छ अन्यथा अमेरिकाले कोलम्बियाविरूद्ध कुनै पनि कदम चाल्न सक्नेछ।’
सन् २०२२ मा सत्तामा आएदेखि नै पूर्व छापामार पेट्रोले लागुऔषध तस्करीलाई बढावा दिने सामाजिक समस्याहरूमा ध्यान केन्द्रित गर्न र लागुऔषध विरुद्धको अमेरिकी नेतृत्वको युद्धमा एक आदर्श परिवर्तनका लागि समर्थन जनाएका थिए ।
कोलम्बिया सरकार र संयुक्त राष्ट्र सङ्घको अनुमानअनुसार पेट्रोको कार्यकालमा कोकिनको कच्चा पदार्थ कोकाको खेतीमा करिब ७० प्रतिशतले वृद्धि भएको छ ।
पेट्रोले गत महिना एक्समा लेख्दै कोकाको खेतीबारे सार्वजनिक यो तथ्याङ्कलाई खण्डन गरेका थिए । उनले विश्वव्यापी रूपमा र विशेष गरी युरोपमा कोकिनको खपत बढेको बताएका थिए । ‘विश्वले आफ्नो लागुऔषध विरोधी नीति परिवर्तन गर्न आवश्यक छ किनकि यो असफल भएको छ,’ उनले भनेका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अब हरेक सोमबार चलचित्रको बक्स अफिस रिपोर्ट सार्वजनिक हुने
-
सशस्त्रको हेडक्वार्टरमा आगलागी भएको घटना छानबिन गर्न डीआईजीको नेतृत्वमा समिति गठन
-
चेक अनादर मुद्दामा सर्वोच्चको फैसला : बाउन्स भएको चेकको रकम र ब्याज दुवै भराउनुपर्ने
-
विदेशबाट फर्किपछि माछापालनः मनग्य आम्दानी गर्दै विजयकुमार
-
गर्मी बढ्दै जाँदा ‘लू’ को उच्च जोखिम : के हुन् लक्षण र कसरी बच्ने?
-
तिला गाउँपालिमा भौतिक पूर्वाधार निर्माणमा प्रगति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण