महाकवि देवकोटाको ११७औँ जन्मजयन्ती मनाइँदै
सारांश
- महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७औँ जन्मजयन्ती स्वदेश र विदेशमा विविध कार्यक्रम गरी मनाइयो।
- देवकोटाले नेपाली साहित्यमा सयभन्दा बढी कृतिहरू दिए, जसले नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनायो।
- उनी स्वच्छन्दतावादी-प्रगतिवादी धाराका प्रवर्तक थिए, र उनले 'मुनामदन' जस्ता महत्त्वपूर्ण कृतिहरू लेखे।
काठमाडौँ । नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७औँ जन्मजयन्ती सोमबार स्वदेश तथा विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ। महाकवि देवकोटाको जन्म विसं १९६६ मा लक्ष्मीपूजाका दिन काठमाडौँको डिल्लीबजारमा भएको थियो।
दश वर्षको उमेरबाटै कविता लेख्न सुरु गरेका देवकोटाले नेपाली साहित्यमा सयभन्दा बढी कृतिहरू दिएका छन्, जसबाट नेपाललाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन मद्दत पुग्यो। नेपाली साहित्यमा आधुनिक महाकाव्य लेखनको थालनी गर्ने देवकोटाको 'मुनामदन' खण्डकाव्य नेपाली भाषामै हालसम्म सबैभन्दा बढी बिक्री भएको पुस्तक मानिन्छ।
स्वच्छन्दतावादी-प्रगतिवादी धाराका प्रवर्तक देवकोटाका रचनाहरूमा मानवतावाद, प्रकृतिप्रेम र क्रान्तिकारिता झल्कन्छ। उनले तीन महिनामा 'शाकुन्तल' महाकाव्य र एकै दिनमा 'कुञ्जिनी' खण्डकाव्य लेख्नेजस्तो अद्वितीय क्षमता राख्थे।
भारतका महापण्डित राहुल साङ्कृत्यायनले देवकोटालाई भारतका तीन महाकवि (सुमित्रानन्दन पन्त, जयशङ्करप्रसाद र सूर्यकान्त निराला) को संयुक्त रूपसँग तुलना गरेका थिए।
विसं २०१६ मा शिक्षामन्त्री हुँदा उनले नेपालभर नेपाली भाषालाई अनिवार्य विषय बनाउनुका साथै वर्तमान नेपाल प्रज्ञा-प्रतिष्ठानको स्थापनामा पनि महत्त्वपूर्ण योगदान दिएका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्माणाधीन घरमा दुई जनाको शव फेला
-
बागमतीका कृषि मन्त्री पौडेलले भने–अब सरकारको नेतृत्व जसको संख्या पुग्छ त्यसले गर्छ
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण