काठमाडौँ विश्वविद्यालयमा सूचना प्रविधि केन्द्र सञ्चालन
सारांश
- धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयमा सूचना प्रविधि केन्द्र स्थापना गरिएको छ, जसले अनुसन्धान र डिजिटल विकासमा सहयोग गर्नेछ।
- विश्वविद्यालयले विद्यार्थीको सुविधाका लागि 'केयु-कनेक्ट' नामक मोबाइल एप पनि सञ्चालनमा ल्याएको छ।
- केन्द्रले सुपरकम्प्युटिङ, एआई नीति कार्यान्वयन, र आपतकालीन सहयोग प्रणाली विकास गर्नेछ।
काभ्रेपलाञ्चोक । धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयू) मा सूचना प्रविधि केन्द्र स्थापना गरिएको छ। यस केन्द्रले नेपालमा अनुसन्धान, नवप्रवर्तन र डिजिटल स्थायित्वलाई प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ।
विश्वविद्यालयले यस केन्द्रसँगै विद्यार्थीहरूको सुविधाका लागि 'केयु-कनेक्ट' नामक मोबाइल एप पनि सञ्चालनमा ल्याएको छ। विश्वविद्यालयका उपकुलपति प्रा. डा. अच्युत वाग्लेका अनुसार, सूचना प्रविधि केन्द्रले जटिल अनुसन्धानका लागि 'सुपरकम्प्युटिङ क्लस्टर' सञ्चालन गर्ने, राष्ट्रिय एआई नीति कार्यान्वयन गर्ने, र भूकम्प, महामारीजस्ता आपतकालीन अवस्थामा सहयोग प्रणालीको विकास गर्नेछ।
नयाँ मोबाइल एप 'केयु-कनेक्ट' ले विद्यार्थीहरूलाई शैक्षिक, प्रशासनिक र क्याम्पससम्बन्धी जानकारीमा सहज पहुँच प्रदान गर्नेछ। यस एपमार्फत विद्यार्थी प्रोफाइल व्यवस्थापन, सूचना र सूचनापत्रमा तत्काल पहुँच, परीक्षा परिणाम, कोर्स सूची, शुल्क विवरण, भुक्तानी रेकर्ड, प्रमाणपत्र तथा प्रतिलिपि अनुरोध लगायतका सेवाहरू उपलब्ध गराइएको छ।
उपकुलपति वाग्लेका अनुसार, एपले विश्वविद्यालयसँग प्रत्यक्ष एकीकृत भएर कोठा आरक्षण, स्रोत व्यवस्थापन तथा कक्षा तालिकाजस्ता विषयमा समेत सहजता ल्याउनेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कागजी प्रमाणकै भरमा मात्र धेरैले कैद जीवन बिताइरहेका छन्: मुख्यमन्त्री यादव
-
१०० दिनमा हेलो सरकारमा आउने उजुरी ६०० प्रतिशतले बढ्यो
-
बुटवलको इतिहास समेटिएको पुस्तक ‘मणिमुकुन्द सेन र उजिरसिंह थापा’ सार्वजनिक
-
‘परीक्षाको नतिजा समयमै प्रकाशन गर्नु मेरो पहिलो प्राथमिकता हो’
-
देवदहमा बस र मोटरसाइकल ठोक्किँदा दुई जना गम्भीर घाइते
-
१३ वर्षीया बालिकामाथि जबर्जस्तीकरणी गरेको आरोपमा पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण