समयमै हवाई उद्धार हुँदा जाेगियाे गर्भवतीको ज्यान
सारांश
- सङ्खुवासभाकी २९ वर्षीया सीता तामाङलाई सुत्केरी व्यथाका कारण हवाई उद्धार गरिएको छ।
- स्वास्थ्य अवस्था जटिल भएपछि तामाङलाई नेपाली सेनाको हेलिकप्टरमार्फत कोशी अस्पताल लगियो।
- राष्ट्रपति हवाई उद्धार कार्यक्रमअन्तर्गत उनलाई विराटनगर लगिएको हो।
सङ्खुवासभा । सुत्केरी हुने क्रममा स्वास्थ्य अवस्था जटिल भएपछि सङ्खुवासभाको मकालु गाउँपालिका–३ की २९ वर्षीया सीता तामाङको हवाई उद्धार गरिएको छ । पाथिभरा स्वास्थ्य चौकीमा सुत्केरी हुन पुगेकी उनीको स्वास्थ्य अवस्था जटिल भएपछि आज विहान नेपाली सेनाको हेलिकप्टर मार्फत् विराटनगरस्थित कोशी अस्पतालमा लगिएको हो ।
आइतबार बेलुका उनी सो चौकीमा गएकी थिइन् । स्वास्थ्यकर्मीले उनीको परीक्षणका क्रममा नवजात शिशुका अवस्था जटिल देखिएको जनाउँदै तत्काल ‘रिफर’ गरेका थिए । प्रमुख जिल्ला अधिकारी सिर्जना थपलियाका अनुसार आज बिहान मकालु–३ सिम्मास्थित शोभा आधारभूत विद्यालयको मैदानबाट हेलिकप्टरमार्फत गर्भवती तामाङको उद्धार गरिएको हो ।
उनले भने– ‘समयमै हवाई उद्धार हुँदा गर्भवतीको ज्यान जोगिएको हो ।’ राष्ट्रपति हवाई उद्धार कार्यक्रमअन्तर्गत तामाङलाई विराटनगरस्थित कोशी अस्पताल पुर्याइएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण