देउसी भट्ट्याउँदै केकी र अन्जनाले प्रचार गरे फिल्म ‘परान’
सारांश
- आज यमपन्चकको दोस्रो दिन लक्ष्मी पुजा गरिँदैछ, कलाकारहरूले पनि तयारी गरिरहेका छन्।
- कुकुर तिहारमा कुकुरलाई मिठो परिकार खुवाइयो, र 'परान' फिल्मको प्रचारका लागि देउसी भैलो खेलियो।
- केकी अधिकारी र अन्जना बराइली, दीपकप्रसाद आचार्यलगायत 'परान' टिमले देउसी भैलोमा भाग लिए।
काठमाडौँ । तिहार पर्व सुरु भएसँगै आज यमपन्चकको दोस्रो दिन घर घरमा लक्ष्मी पुजा गरिँदैछ । यसैबिच कलाकारहरू पनि यतिबेला लक्ष्मी पुजाको तयारी गरिरहेका छन् ।
साथै आज कुकुर तिहार पनि, कुकुरलाई मिठा मिठा परिकार दिएर कुकुर तिहार पनि मनाइँदैछ । यस्तैमा कार्तिक १४ बाट ‘परान’ फिल्मको प्रचारमा मुख्य दुई नायिका केकी अधिकारी र अन्जना बराइलीले देउसी खेलेका छन् ।
आइतबार राष्ट्रिय लोक सञ्चारकर्मी नेपालले इन्द्रेणी समाजको हलमा आयोजना गरेको देउसी भैलो विशेष कार्यक्रममा ‘परान’ टिमको सहभागिता थियो । जसमा नायिकाद्धय केकी र अन्जनासँगै फिल्मका निर्देशक दीपकप्रसाद आचार्य, प्रोडक्सन म्यानेजर अनिश अधिकारी र समर चौँलागाई लगायतको उपस्थिति थियो ।
साँझ ५ बजे आयोजना गरिएको देउसी १ घण्टा लामो समय चलेको थियो । जसमा इन्द्रेणी समाजका अध्यक्ष कृष्ण कँडेल, गायक सरोज लामिछाने, युवराज चौलागाई, गायिका शिला आले लगायतले सहजीकरण गरेका थिए ।
राष्ट्रिय लोकसञ्चारकर्मी नेपालका प्रवक्ता शिखरजंग श्रेष्ठले ‘परान’ फिल्मका कलाकारहरूलाई स्वागत गरेसँगै देउसी भट्ट्याएका थिए । साथै केहीबेर गायक सरोज लामिछानेले देउसी भट्ट्याएर स्वागत गरे ।
त्यसपछि निर्देशक दीपकप्रसाद आचार्यले फिल्मबारे जानकारी दिँदै ‘परान’ विशेष शब्दहरू राखेर देउसी भट्ट्याए । त्यसपछि नायिका केकी अधिकारीले पनि तिहार गीत गाउँदै देउसी भट्याएकी थिइन् ।
साथै अर्की नायिका अन्जना बराइलीले पनि तिहारका आफ्नो बाल्यकालका रमणीय पलहरू सम्झिएकी थिइन् । नायिका केकीले तिहारमा सबैतिर झिलिमिली हुने भएकाले पनि तिहार सुरु भएसँगै खुसीयाली छाएको बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशी बिरामी मार्फत् एक अर्ब ५० करोडभन्दा बढी विदेशी मुद्रा भित्र्याउँदै नेपाल नेत्रज्योति सङ्घ
-
लालबकैया बाँधको उच्चस्तरीय अनुगमन, बाढी जोखिम न्यूनीकरणमा सतर्कता अपनाइने
-
बीपी स्मृति दिवसमा कांग्रेसले आयोजना गर्ने ‘ग्रिन रन’ मा सहभागी हुन सभापति थापाको आह्वान
-
बाढीले क्षतिग्रस्त विद्युतीय गाडी टिमुरे भन्सारमै बेवारिसे (तस्बिरहरू)
-
काठमाडौँको बौद्धमा युवतीले गरिन् आत्मदाह प्रयास
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण