भारतमा जाने विद्यार्थीका लागि एनओसी अनिवार्य गराउन राजदूतसमक्ष ध्यानाकर्षण
सारांश
- त्रिचन्द्र कलेजको विद्यार्थी युनियनले भारत जाने नेपालीका लागि एनओसी अनिवार्य गर्न माग गरेको छ।
- विद्यार्थी युनियनले भारतमा अध्ययनरत नेपाली विद्यार्थीको तथ्याङ्क संकलन, सुरक्षा प्रबन्ध र बीमाको व्यवस्था गर्न माग गरेको छ।
- दुई देशका विश्वविद्यालयबीच सहकार्य बढाउन र संयुक्त लगानीमा कोष स्थापना गर्न पनि माग गरिएको छ।
काठमाडौँ । त्रिचन्द्र कलेजको स्वतन्त्र विद्यार्थी युनियनले भारत जाने नेपालीका लागि अनिवार्य रूपमा एनओसीको व्यवस्था गर्न माग गरेको छ । सोमबार भारतका लागि नेपाली राजदूत शंकरप्रसाद शर्मासँग भेट गर्दै सभापति गोविन्द कोइरालाले यस्तो माग गरेका हुन् ।
भेटका क्रममा भारतस्थित नेपालका विद्यार्थी तथा नेपालमा अध्ययनरत विद्यार्थीको कल्याण तथा हितको लागि विभिन्न विषयमा ध्यानाकर्षण गराएको सभापति कोइरालाले जानकारी दिए । उनले भारतमा अध्ययनरत नेपालीको तथ्याङ्क र बसोबासबारे सत्यतथ्य जानकारी दिन, उनीहरूको सुरक्षा प्रबन्धका लागि क्लोज कनेक्सन नेटवर्क स्थापना गर्न, भारत जाने विद्यार्थीको बीमा अनिवार्य गर्न ध्यानाकर्षण गरिएको छ ।
त्यस्तै, दुई देशमा विश्वविद्यालय र प्राध्यापकहरूबिच सहकार्य बढाउन युनिभर्सिटी च्यानल विङ्स स्थापना गर्न तथा ठुला कलेजहरूमा दुवै सरकारको संयुक्त लगानीमा फण्ड फर फ्युचर कोष स्थापना गर्न माग गरिएका छ ।
यस्ता छन् राजदूत शर्मासमक्ष राखिएका मागका बुँदाहरू :
१) भारत स्थित विद्यार्थीको तथ्याङ्क र उनीहरूको बसोबासको सत्यता र जानकारी ।
२) सुरक्षाको प्रबन्ध : किटमा प्रकृति लम्सालको हत्या प्रकरण जस्ता अनेकौँ हिंसा र दुर्व्यवहार भोगेका नेपालका विद्यार्थीको सुरक्षाको लागि दूतावास अन्तर्गत रहने गरी क्लोज कनेक्सन नेटवर्क स्थापना गर्न तथा सम्झौता गरेर सबै विश्वविद्यालयहरूमा संरक्षित आवासीय नीतिको स्थापना गर्ने गराउने।
३) अनिवार्य बीमा तथा अनिवार्य एनओसी: भारतमा पढ्ने सबै विद्यार्थीको सूचना लिएर सबैलाई अनिवार्य बीमा (जन, धन तथा स्वास्थ्य) गराउने र अनिवार्य एनओसीमार्फत आबद्ध गराउने।
४) दुवै देशका विश्वविद्यालय, विद्यार्थी तथा प्राध्यापक बिच सहकार्य सहयोगको लागि सहजीकरण : नेपाल र भारतका विश्वविद्यालय बिच सबै आयाममा एक्सचेञ्ज कार्यक्रम गराउन दूतावास स्थित आधिकारिक रूपमा युनिभर्सिटी च्यानल विङ्स स्थापना गरेर सरकारी मातहत बाटै विद्यार्थी र प्राध्यापकले क्षमता अभिवृद्धि तथा सिकाइका लागि काम सुरु गर्ने।
५) भविष्यको लागि कोष: नेपालमा रहेका विद्यार्थीलाई भारत स्थित प्रख्यात विश्वविद्यालय, एड्भान्स्ड कलेज तथा रिसर्च एण्ड टेक्नोलोजी एड्भान्स्ड क्याम्पसहरूमा वार्षिक रूपमा कम्तीमा (२/३०००) विद्यार्थी भर्ना गर्ने गरी र ती विद्यार्थीले पढाइ पूरा पछि सरकारको बण्डमा काम गर्ने गरी अगाडि बढ्न दुवै सरकारको संयुक्त लगानीमा फण्ड फर फ्युचर कोष स्थापना गरी दूतावासले भविष्यका कर्णधार विद्यार्थीको लागि काम गर्ने।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्षाले काठमाडाैँ–१० जलमग्न, तस्बिरहरू
-
मकवानपुर प्रशासनका सबै सेवा एकद्वार प्रणालीबाट
-
अमेरिकासँग मिलेर प्याट्रियट हवाई रक्षा प्रणाली बनाउँदै युक्रेन
-
एक हजार १८० रोपनीमा फलफुलखेती विस्तार
-
सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनः निर्माण
-
प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि निमित्त प्रमुखको अधिकार रद्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण