चितवन राइनोसले भित्र्यायो मलान, बोपारा र तनवीर रिटेन
काठमाडौँ । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)को नयाँ सिजनका लागि इंग्सिल ब्याटर डाविड मलानलाई भित्र्याएको छ ।
त्यस्तै क्लबले इंग्ल्याण्डकै अलराउन्डर रवि बोपारा र पाकिस्तानी तीव्र गतिका बलर शोहेल तनवीरलाई रिटेन गर्ने निर्णय गरेको छ ।
३८ वर्षीय मलान शीर्षक्रममा ब्याटिङ गर्छन् । उनले इंग्ल्याण्डका लागि २२ टेस्ट, ३० एकदिवसीय र ६२ टी–२० अन्तर्राष्ट्रिय खेलेका छन् ।
उनले टेस्टमा १ शतक र ९ अर्धशतकसहित १०७४ रन बनाएका छन् भने एकदिवसीयमा ६ शतक र ७ अर्धशतकसहित उनले १४५० रन जोडेका छन् । टी–२० अन्तर्राष्ट्रियमा उनले १ शतक र १६ अर्धशतकसहित १८९२ रन बनाएका छन् ।
पहिलो सिजनमा बोपारा चितवन राइनोजका लागि सर्वाधिक रन स्कोरर बने। उनले आठ खेलमा तीन अर्धशतकसहित २८६ रन बनाए ।
उनी टोलीका लागि एक महत्त्वपूर्ण खेलाडी थिए र एक समय प्रतियोगिताको सर्वाधिक रन स्कोररको सूचीमा पनि अगाडि थिए। टोली चौथो स्थानमा रहे पनि उनको प्रदर्शन निकै उत्कृष्ट थियो ।
यसैगरी तनवीरले एनपीलमा उत्कृष्ट डेब्यु गरेका छन् । उनले चितवन राइनोजका लागि काठमाडौं गुर्खाज विरुद्ध खेल्दै लिगको पहिलो पाँच विकेटको कीर्तिमान (५/२१) बनाएका थिए ।
उनले लिगमा आफ्ना पछिल्ला पाँच खेलमा ९ विकेट लिएका थिए भने चितवन राइनोजका लागि समग्रमा ८ खेलमा १४ विकेट लिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण