फर्निचर उद्योगमा आगलागी
मङ्गलबार, ०४ कात्तिक २०८२, १४ : ३४
काठमाडौँ । काठमाडौँको काँडाघारीमा रहेको एक फर्निचर उद्योगमा आगलागी भएको छ ।
कागेश्वरी मनोहरा–९ काँडाघारीमा रहेको कुमार फर्निचर हाउसमा मङ्गलबार विद्युत सर्ट भई आगलागी भएको प्रहरीले जनाएको छ ।
कुमार श्रेष्ठले सञ्चालन गरेको उक्त फर्निचर उद्योग भएको आगलागीका कारण करिब ६ लाखको क्षति भएको अनुमान गरिएको छ ।
काठमाडौँ महानगर र मध्यपुर ठिमी नगरपालिकाको दमकलका साथै प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कमल पुलको बारेमा कवि सम्मेलन, उत्कृष्टलाई पुरस्कार
-
सरकारको १०० दिन : सुशासन, पारदर्शिता र सेवा प्रवाहमा उल्लेखनीय सुधार
-
‘जिरो डिग्री’ तिहारमा हुने
-
तेलमा मरेको साङ्ला : न्युरोडको एक रेष्टुरेन्टलाई २ लाख जरिवाना
-
अमेरिकी पहिचानमाथि ‘नयाँ आक्रमण’ भइरहेको ट्रम्पको दाबी
-
अस्ट्रेलियाविरुद्ध इजिप्टको ऐतिहासिक जित प्यालेस्टाइनलाई समर्पित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण