जेनजी प्रदर्शनमा उच्छृङ्खल गतिविधि गर्ने ‘चक्रे’ समूहका सदस्य पक्राउ
बुधबार, ०५ कात्तिक २०८२, ०७ : २८
सारांश
- काठमाडौंमा जेनजी प्रदर्शनको क्रममा उच्छृङ्खल गतिविधि गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
- पक्राउ पर्नेमा ताप्लेजुङ घर भएका ४० वर्षीय सोनाम थेबे छन्, जो चक्रे मिलन समूहका सदस्य हुन्।
- प्रहरीले थेबेलाई बुढानीलकण्ठमा प्रहरी अधिकृतको घर जलाउन भिडलाई उत्तेजित गरेको आरोप लगाएको छ।
काठमाडौँ । जेनजी प्रदर्शनमा काठमाडौँको बुढानीलकण्ठ र महाराजगन्ज क्षेत्रमा उच्छृङ्खल गतिविधि गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ताप्लेजुङ घर भएका ४० वर्षीय सोनाम थेबे छन् ।
थेबे गुन्डा नाइके चक्रे मिलन ‘मिलन गुरुङ’ समूहका सदस्य भएको प्रहरीको भनाइ छ । जेनजी प्रदर्शनको क्रममा उनले भदौ २४ मा बुढानीलकण्ठमा एकजना प्रहरी अधिकृतको घर जलाउन भिडलाई उत्तेजित बनाएको भिडियोका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।
उनी महाराजगन्जमा पनि उच्छृङ्खल गतिबिधीमा संलग्न रहेको प्रहरी अधिकृतहरू बताउँछन् । असोज २ मा पक्राउ परेका थेबे विरुद्ध आपराधिक उपद्रव सम्बन्धी कसुरमा म्याद लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी रमेश थापाले रातोपाटीलाई बताए ।
उनी संलग्न अन्य घटनाबारे पनि प्रहरीले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदीको मूल्य घट्यो : कतिमा हुँदैछ कारोबार ?
-
लालसागरमा आक्रमण दोहोरिए कडा सैन्य सजाय दिने ट्रम्पको चेतावनी
-
विकास आयोजनाका विवाद सल्टाउन 'पूर्वाधार न्यायाधिकरण' को काम अन्तिम चरणमा : मन्त्री गौतम
-
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
-
साउन २४ गतेबाट अवकाशमा जाने सचिव शर्माले दिए राजीनामा, मन्त्रिपरिषद्ले गर्यो स्वीकृत
-
गुगललाई युरोपेली संघले गर्यो ८९ करोड युरो जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण