मितेरी पुल पुनःनिर्माण अन्तिम चरणमा
सारांश
- चीन सरकारको सहयोगमा रसुवाको मितेरी पुलको पुनःनिर्माण अन्तिम चरणमा पुगेको छ।
- पुल निर्माणका लागि आवश्यक पार्टपुर्जा जडान र पिलर ठड्याउने काम भइसकेको छ, तर पुलको बीच भाग लच्किएपछि थप पिलर बनाइँदै छ।
- प्रमुख जिल्ला अधिकारीका अनुसार, पुल कात्तिक १५ गतेसम्म सञ्चालनमा आउनसक्ने अनुमान छ, तर चिनियाँ पक्षबाट आधिकारिक जानकारी आउन बाँकी छ।
रसुवा । नेपाल–चीनबीच ल्हेन्देखोलाको मितेरी पुल पुनःनिर्माण अन्तिम चरणमा पुगेको छ । चीन सरकारको आर्थिक एवं प्राविधिक सहयोगमा निर्माणाधीन ‘बेलिब्रिज’का लागि आवश्यक पार्टपुर्जा जडान तथा पिलारसमेत ठड्याउने काम भइसकेको जनाइएको छ । सो स्थानमा रहेको पक्की मोटोरेबल पुल गत असार २४ गते ल्हेन्देखोलामा आएको बाढीले बगाएपछि चीन सरकारले पुल निर्माणको पुनःनिर्माण सहयोग गरेको हो ।
वारीपारीको भाग जडान पूरा हुँदै जाँदा सो बेलिब्रिजको बीच भाग लच्किएपछि यसलाई बलियो बनाउन चिनियाँ प्राविधिकले पुलको आधा भागमा पर्ने गरी खोलाको माझमा थप पिलर उठाउन थालिसकेको बताइएको छ ।
प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले कामको तीव्र हेर्दा यही कात्तिक १५ गतेसम्म मितेरीपुल सञ्चालनमा आउनसक्ने आफ्नो स्थलगत निरीक्षणले आँकलन गरेको बताए । उनले यस सम्बन्धमा सीमाक्षेत्रका समकक्षी चिनियाँ मित्रहरूले सञ्चालनको आधिकारीक जानकारी नदिएको बताए ।
बेलिब्रिजका बीचमा ‘पिलर’ राखी थप बलियो बनाउने काम अगाडि बढेको देखेपछि व्यापार व्यवसाय सहज हुनेमा आफूहरू आशावादी रहेको व्यवसायीहरूले बताएका छन् ।
पुल निर्माण हुँदासाथ माल सामग्री आयात हुने भएका कारण आयातित माल सामग्रीको छिटोछरितो भन्सार प्रक्रिया पूरा गराउन आफ्ना कर्मचारी तयारी रहेको प्रमुख भन्सार अधिकृत तुलसीप्रसाद भट्टराईले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिमा रकम भुक्तानी सहजतातर्फ, विगतको बक्यौता क्रमशः पठाइँदै
-
सोमबार कुन-कुन राशिलाई मिल्ला लाभ ? हेर्नुहोस् राशिफल
-
नगरपालिका भवन पुनर्निर्माण नहुँदा काममा बाधा
-
‘आतङ्कवादलाई समर्थन गरेको’ अभियोगमा प्यालेस्टिनी पत्रकारलाई २० महिना जेल सजाय
-
खल्ला मसेटीमा स्वास्थ्य शिविर सम्पन्न
-
सिमकोट गाउँपालिकाद्वारा २० विद्यालयलाई ल्यापटप वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण