युगान्डामा दुई बस ठोक्किँदा ६३ जनाको मृत्यु, कैयौँ घाइते
सारांश
- युगान्डाको राजमार्गमा दुई बस ठोक्किँदा ६३ जनाको मृत्यु भएको छ।
- दुर्घटना ओभरटेक गर्ने क्रममा भएको र अन्य सवारीसाधन पनि दुर्घटनामा परे।
- घाइतेहरूको उपचार किर्यानडोङ्गो अस्पताल र अन्य स्वास्थ्य केन्द्रमा भइरहेको छ।
नैरोबी । युगान्डाको प्रमुख राजमार्गमा बुधबार बिहान दुईवटा बस एकआपसमा ठोक्किँदा कम्तीमा ६३ जनाको ज्यान गएको र धेरै घाइते भएका छन् । प्रहरीका अनुसार दुर्घटना मध्यरातपछि कम्पाला–गुलु मोटरवेमा भएको हो ।
प्रहरीद्वारा सामाजिक सञ्जाल एक्समा प्रकाशित विज्ञप्तिमा जनाइए अनुसार दुर्घटना ‘ओभरटेक गर्ने क्रममा’ भएको हो । चालकहरू मध्ये एकले ठक्करबाट जोगिन प्रयास गर्दा बस पल्टिएको र त्यसपछि ‘चेन रियाक्सन’ स्वरूप अन्य चार सवारीसाधन समेत नियन्त्रण गुमाई पटक–पटक पल्टिएको उल्लेख गरिएको छ ।
‘घटनामा संलग्न सवारीसाधनका सबै यात्रुसहित ६३ जनाको मृत्यु भएको पुष्टि भएको छ’, विज्ञप्तिमा भनिएको छ । प्रहरीका अनुसार धेरैजना गम्भीर घाइते भएका छन्, जसलाई किर्यान्डोङ्गो अस्पताल तथा नजिकका अन्य स्वास्थ्य केन्द्रहरूमा उपचारका लागि लगिएको छ । यद्यपि, घाइतेहरूको सङ्ख्या र अवस्थाबारे विस्तृत विवरण तत्काल उपलब्ध नभएको प्रहरीले जनाएको छ ।
युगान्डामा यसअघि पनि ओभरटेकका कारण हुने ठूला सवारी दुर्घटनाहरूले मानवीय क्षतिको दोहोरो सङ्ख्यामा वृद्धि गरिरहेको भन्दै प्रहरी प्रवक्ताले सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा एक हजार ८७६ मुद्दा दर्ता
-
लोकसेवा पदपूर्ति रोक्ने निर्णय फिर्ता लिन अनेरास्ववियू (क्रान्तिकारी) को माग, आन्दोलनको चेतावनी
-
कृषिप्रधान देशमै खाद्यान्नमा परनिर्भरः एकै वर्षमा भित्रियो झण्डै ६० अर्बको अन्न
-
भारतीय जेलमा रहेका नेपाली किसानको तत्काल रिहाइक गर्न कांग्रेसको माग
-
शंकरलाल अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
-
६७औँ अन्तर्राष्ट्रिय गणित ओलम्पियाडमा नेपाली टोलीको उत्कृष्ट नतिजा, ३ विद्यार्थीले दिलाए पदक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण