लोकतान्त्रिक गणतन्त्रविरुद्ध हुने षड्यन्त्र अस्वीकार्य : मुख्यमन्त्री बानियाँ
सारांश
- मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले संघीय लोकतान्त्रिक गणतन्त्रविरुद्धको षड्यन्त्र स्वीकार्य नहुने बताए।
- उनले जेनजी प्रदर्शनबाट पाठ सिक्दै राजनीतिक दलहरू सुध्रनुपर्ने र जनप्रतिनिधिहरूले राम्रो काम गर्नुपर्ने कुरामा जोड दिए।
- भक्तपुरमा आयोजित कार्यक्रममा मुख्यमन्त्री बानियाँले जनपक्षीय काममा लाग्न सबै जनप्रतिनिधिहरूलाई आग्रह गरे।
भक्तपुर । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले कुनै पनि बहानामा सङ्घीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध हुने षड्यन्त्र स्वीकार्य नहुने बताएका छन् ।
नेपाली कांग्रेस जिल्ला कार्यसमिति भक्तपुरले आज यहाँ आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले लोकतन्त्रले जनतालाई सार्वभौम बनाएको चर्चा गर्दै व्यवस्था परिवर्तन नभई व्यवस्थाभित्र रहेर समस्याको समाधान खोज्नुपर्ने बताए । मुख्यमन्त्री बानियाँले गलत कार्य गर्ने जोसुकैलाई कानुनी दायरामा ल्याउन सबैले भूमिका खेल्नु पर्नेमा जोड दिए ।
कांग्रेस बागमती प्रदेश सभापति बानियाँले ‘जेनजी’ प्रदर्शनबाट अब पाठ सिकेर राजनीतिक दलहरू सुध्रेर अगाडि बढ्नुपर्ने र जनताले पठाएका प्रतिनिधिले ठिक ढङ्गले काम गरे कसैसँग डराउनुपर्ने अवस्था नआउने धारणा राखे ।
उनले भने, ‘जेनजी प्रदर्शन अनियमितताविरुद्धको आवाज र भ्रष्टाचारविरुद्धको आक्रोस थियो । त्यसैले अब त्यस क्रममा सहादत प्राप्त गर्नेहरूलाई सम्मान गर्दै राजनीतिक दल र नेतृत्व सुध्रनुपर्छ ।’
मुख्यमन्त्री बानियाँले भविष्यमा यस्ता आन्दोलन नहुन दिन प्रत्येक वडादेखि केन्द्रसम्म रहेका सबै जनप्रतिनिधीहरू सुध्रेर जनपक्षीय काममा लाग्नुपर्ने आवश्यकता औँल्याए । कार्यक्रममा कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले संविधान र लोकतन्त्रको रक्षाका लागि पार्टीलाई एकताबद्ध बनाउँदै सङ्गठन परिचालनमा लाग्नुपर्ने धारणा राखे ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण