‘छिरिङ’मा २५ वर्ष पुरानो गीत ‘बोल बोल पाखाहरु’
काठमाडौ । यशकुमारको निर्देशन रहेको चलचित्र ‘छिरिङ’को गीत सार्वजनिक भएको छ । चलचित्रमा २५ वर्ष पुरानो गीत ‘बोल बोल पाखाहरु’लाई रिमेक गरेर राखिएको छ ।
रिमेक गीतमा सुनिता थेम्मी र विन्दु परियारको स्वर छ । १२ असोज प्रर्दशन मिति तोकेको चलचित्रको यो गीत सुटुक्क रिलिज गरिएको हो ।
अहिले वल्र्डकपको महोल चलिरहेकोले कार्यक्रम बिनानै गीत रिलिज गरिएको निर्देशक यशकुमारले बताए ।
यो गीत यस अगाडी चलचित्र ‘झुमा’मा समावेश गरिएको थियो । अम्बर गुरुङ, प्रकाश गुरुङको संगीत, दिनेश अधिकारीको शब्द एवम् सुक्मित गुरुङको स्वर गीतमा रहेको छ ।
गीतमा अपरमुस्ताङको मनोरम दृश्य समेटिएको छ,भने बौद्ध धर्मावलम्बिहरुको संस्कारसंस्कृती समेत समेटिएको छ ।
सवीर श्रेष्ठ, यम थापा र यशकुमारको स्क्रिनप्ले रहेको छिरिङमा यशकुमार , कामना भुजेलका साथमा गायक तथा कलाकार निमा रुम्बाको पनि अभिनय छ ।
बाटोमुनीको फूल निर्माण गरेका गायक यशकुमारले छिरिङबाट पनि सफलता पाउने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सानदार लयसहित मैदान उत्रिँदै केन, गोल्डेन बुटमाथि नजर
-
सेनिटरी प्याडमाथिको कर हटाउँदै पाकिस्तान
-
रोजगार ऐनमा टेकेर वैदेशिक रोजगारीलाई मर्यादित बनाउन सक्ने अवस्था छैन : श्रममन्त्री यादव
-
राष्ट्रिय मानव अधिकार आयोगमाथि बढ्दो अविश्वास
-
कर्णाली प्रदेशमा आगामी आवमा १२२ पुल निर्माण हुने
-
जसलाई उमेरले छेक्दैन, जादु अझै छ बाँकी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण