चिकित्सकको अनुमति बिना बिक्री गरेको औषधि बरामद
सारांश
- महाराजगञ्ज प्रहरीले मापदण्ड विपरीत बिक्री भइरहेको औषधि बरामद गरेको छ।
- टोखाको बसुन्धारास्थित तक्षक फार्मेसीमा छापा मारेर प्रहरीले औषधि नियन्त्रणमा लिएको हो।
- फार्मेसी सञ्चालक प्रकाश गौतमसहितले अनुमति बिना औषधि बिक्री गरेको पाइएको छ।
काठमाडौँ । प्रहरी वृत्त महाराजगञ्जको टोलीले मापदण्ड विपरीत बिक्री वितरण गरिएको औषधि बरामद गरेको छ।
काठमाडौँको टोखा नगरपालिका–५ बसुन्धारामा रहेको तक्षक फार्मेसीमा चिकित्सकको अनुमतिले मात्र बिक्री गर्नुपर्ने औषधि मापदण्ड विपरीत बिक्री भइरहेको सूचनाको आधारमा प्रहरीले छापा मारेको थियो।
बरामद गरिएका औषधिहरूमा स्पेन लेखिएको ३८५ ट्याब्लेट, एन्टिकोफ लेखिएको ७५० ट्याब्लेट, प्रिगेबलिन लेखिएको १०० ट्याब्लेट, प्रिगेबलिन क्याप्सुल एलपी लेखिएको २०० क्याप्सुल र प्रिगेमर ७५ लेखिएको १०० क्याप्सुल रहेको वृत्त महाराजगञ्जका प्रहरी निरीक्षक लक्ष्मण देवकोटाले जानकारी दिए।
उक्त फार्मेसी सङ्खुवासभा खादवारी नगरपालिका–८ का ४० वर्षीय प्रकाश गौतम लगायतले सञ्चालन गरेको पाइएको छ । औषधि व्यवस्था विभागसँग समन्वय गर्दा ती औषधिहरू मापदण्ड विपरीत बिक्री गरिएको पाइएको प्रहरीले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कमल पुलको बारेमा कवि सम्मेलन, उत्कृष्टलाई पुरस्कार
-
सरकारको १०० दिन : सुशासन, पारदर्शिता र सेवा प्रवाहमा उल्लेखनीय सुधार
-
‘जिरो डिग्री’ तिहारमा हुने
-
तेलमा मरेको साङ्ला : न्युरोडको एक रेष्टुरेन्टलाई २ लाख जरिवाना
-
अमेरिकी पहिचानमाथि ‘नयाँ आक्रमण’ भइरहेको ट्रम्पको दाबी
-
अस्ट्रेलियाविरुद्ध इजिप्टको ऐतिहासिक जित प्यालेस्टाइनलाई समर्पित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण