बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
काठमाडौँदेखि धनगढीसम्म हिमालै हिमालको भव्य दृश्य
प्रकृित

काठमाडौँदेखि धनगढीसम्म हिमालै हिमालको भव्य दृश्य

शुक्रबार, ०७ कात्तिक २०८२

काठमाडौँ । सफा मौसममा काठमाडौँदेखि धनगढीसम्मको हवाई यात्रा केवल बाटो काट्नु मात्र नभएर हिमालको एक भव्य ग्यालरी अवलोकन गर्नु हो। काठमाडौँबाट उत्तरतिर हेर्दा गणेश हिमाल र लाङटाङ शृङ्खलाका चुचुराहरूले बिदाइ गर्छन्, जुन नजिकै र स्पष्ट देखिन्छन्।

Mountain range_Kathmandu Dhangadi flight_NPL_PCT (1)

यात्रा पश्चिमतिर बढ्दै जाँदा, मध्य नेपालको दृश्य खुल्छ। ८,००० मिटरको विशाल मनास्लु हिमाल, हिमालचुली र ङादी चुली सँगै आकाश छुन खोजे जस्तो गरी उभिएको देखिन्छ। यसपछिको मोहक खण्डमा अन्नपूर्ण शृङ्खला आउँछ, जहाँ माछापुच्छ्रेको धारिलो चुचुरो तथा अन्नपूर्ण प्रथम, दोस्रो र तेस्रोका विशाल कायाहरूले मनलाई चकित पार्छन्। सूर्यको किरण पर्दा यी चुचुराहरू चाँदीजस्तै टल्किन्छन्।

Mountain range_Kathmandu Dhangadi flight_NPL_PCT (3)

अझ पश्चिम लागेपछि धौलागिरिको विशाल भव्यता र यसको सेतो चम्किलो रूपले यात्रालाई रोमाञ्चक बनाउँछ। कहिलेकाहीँ त, धौलागिरिभन्दा परका अपि र सैपाल जस्ता सुदूरपश्चिमका हिमालहरूको छाया मात्र देखिनु पनि निकै रमाइलो हुन्छ। धनगढी पुग्दा नपुग्दै यी हिमाली दृश्यहरूले मनमा शान्ति र खुसीको तरङ्ग उत्पन्न गराइसक्छन्।

Mountain range_Kathmandu Dhangadi flight_NPL_PCT (2)Mountain range_Kathmandu Dhangadi flight_NPL_PCT (4)Mountain range_Kathmandu Dhangadi flight_NPL_PCT (5)Mountain range_Kathmandu Dhangadi flight_NPL_PCT (6)Mountain range_Kathmandu Dhangadi flight_NPL_PCT (7)Mountain range_Kathmandu Dhangadi flight_NPL_PCT (8)Mountain range_Kathmandu Dhangadi flight_NPL_PCT (9)Mountain range_Kathmandu Dhangadi flight_NPL_PCT (10)

शब्द/तस्बिर: प्रकाश चन्द्र तिमिल्सेना

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया