अराजक समूहलाई कारबाही गरेर देखाउन कुशवाहाको चुनौती
रौतहट । नेकपा एमालेका केन्द्रीय सदस्य कुन्दन कुशवाहाले जेनजी आन्दोलनको नाममा हत्या, हिंसा र विध्वंस मच्चाउने अराजक समूहलाई तत्काल कारबाही गरेर देखाउन चुनाैती दिएका छन् ।
सुशीला कार्की नेतृत्वकाे अन्तरिम सरकारलाई उनले उक्त चुनौती दिएका हुन् ।
शुक्रबार रौतहटको फतुवा बिजयपुर नगरपालिका–६, पेटभरवामा दीपावली, तिहार तथा छठ पर्वको अवसरमा आयोजित शुभकामना आदान–प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै नेता कुशवाहाले सरकारप्रति प्रश्न उठाउँदै भने,“प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले चाहेमा १० दिनभित्र ती अराजक तत्त्वहरूलाई नियन्त्रणमा लिन सक्छ, तर विदेशीकाे इशारामा एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई मात्र दोषी ठहर्याउन सरकार व्यस्त देखिन्छ।”
‘शान्तिपूर्ण आन्दोलनलाई ह्याक गरी हिंसात्मक बनाइयो’
कुशवाहाका अनुसार भदौ २३ गते काठमाडौँमा जेनजी युवाहरूले भ्रष्टाचारविरुद्ध र सुशासनको मागमा गरेको शान्तिपूर्ण आन्दोलन जायज थियो, तर भदौ २४ गते उक्त आन्दोलनलाई “ह्याक” गरी देशी–विदेशी चलखेलमा हिंसात्मक रूप दिइयो ।
“आन्दोलनको नाममा अराजक समूहले आफ्नै भाइबहिनीको छातीमा गोली हाने, सिंहदरबारदेखि ऐतिहासिक सम्पदासम्म जलाइयो, तर सरकार मौन छ,” उनले भनेका थिए ।
कार्यक्रममा कुशवाहाले आम जनता पार्टीका अध्यक्ष तथा पूर्व मन्त्री प्रभु साहमाथि तीव्र प्रहार गरेका थिए ।
“२०७२ सालको संविधानलाई उत्कृष्ट भन्दै सबै सभासदहरूले हस्ताक्षर गरे, तर साहले गरेनन् । संविधान अस्वीकार गर्नेले फेरि त्यही संविधान टेकेर सांसद र मन्त्री बन्ने यो कस्तो नैतिकता हो ?”
उनले आफू आम जनता पार्टीमा रहँदा विकासका नयाँ बाटोहरू खोलेको दाबी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कमल पुलको बारेमा कवि सम्मेलन, उत्कृष्टलाई पुरस्कार
-
सरकारको १०० दिन : सुशासन, पारदर्शिता र सेवा प्रवाहमा उल्लेखनीय सुधार
-
‘जिरो डिग्री’ तिहारमा हुने
-
तेलमा मरेको साङ्ला : न्युरोडको एक रेष्टुरेन्टलाई २ लाख जरिवाना
-
अमेरिकी पहिचानमाथि ‘नयाँ आक्रमण’ भइरहेको ट्रम्पको दाबी
-
अस्ट्रेलियाविरुद्ध इजिप्टको ऐतिहासिक जित प्यालेस्टाइनलाई समर्पित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण