धनुषाका जेनजी युवाहरू आजपामा प्रवेश
जनकपुरधाम । धनुषाका जेनजी युवाहरू आम जनता पार्टी (आजपा) मा प्रवेश गरेका छन् ।
धनुषाको सबैला नगरपालिका वडा नम्बर ९ कुशमाहामा आज दिपावली तथा छठ पर्वको अवसरमा आज आयोजित कार्यक्रममा जेनजी युवाहरू आजपामा प्रवेश गरेका हुन् ।
आजपा अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले उनीहरूलाई पार्टीमा प्रवेश गराउँदै देश र जनताको सेवामा लाग्न आग्रह गरे ।
जेनजी युवाहरूको माग अनुसार सुशीला कार्की नेतृत्वको सरकारले काम नगरेको बताउँदै आजपा अध्यक्ष साहले भ्रष्टाचारी र जेनजी आन्दोलनका हत्यारालाई कारबाही गर्न वर्तमान सरकारले खुट्टा कमाएको बताए ।
'यदि यो सरकारले जेनजी आन्दोलनका हत्यारा र भ्रष्टाचारीलाई कारबाही नगर्ने हो भने एक मिनेट पनि कुर्सीमा बस्ने नैतिक अधिकार छैन,झ आजपा अध्यक्ष साहले भने, 'केवल सत्ता परिवर्तनका लागि जनविद्रोह भएको होइन । सत्तामा बस्ने हो भने जेनजी आन्दोलनका हत्यारा र भ्रष्टाचारीलाई कारबाही गर्नुपर्छ ।'
सो कार्यक्रममा धनुषाका जेनजी युवाहरू आकाश मिश्रा, दिपेशकुमार साह, शैलोकुमारी साह, आशाकुमारी मण्डल, चन्दाकुमारी मण्डल लगायतका पार्टी प्रवेश गरेको आजपा सचिवालय सदस्य सुभाष साहले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रम संस्कृति पार्टीको अवरोधका कारण प्रतिनिधि सभा बैठक स्थगित
-
विजय र रश्मिकाको ‘राणाबाली’ मा हलिउडका भिलेन अर्नोल्ड वोस्लु
-
गगन–विश्वले नबुझेको तथ्य र नस्वीकारेको सत्य
-
नेपाली कम्युनिस्ट आन्दोलन विघटनको अन्तिम सङ्घारमा : शर्मा
-
सुकुमबासीहरूलाई वैकल्पिक बसोबाससहित शिक्षा, स्वास्थ्य र रोजगारीको व्यवस्था गर्न प्रलाेपाकाे माग
-
सरकारलाई आफ्नै दलका सांसदहरूको घेराबन्दी : जनताका जल्दाबल्दा समस्यामा बजेट नदिएको भन्दै आलोचना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण