रुकुम पश्चिममा जिप दुर्घटनाको खबरले दुखित भएको छु : जनार्दन शर्मा
शुक्रबार, ०७ कात्तिक २०८२, २२ : १३
सारांश
- रुकुम पश्चिममा जिप दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ।
- नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले घटनाप्रति दुःख व्यक्त गरेका छन्।
- दुर्घटनामा घाइते भएकाहरूको स्वास्थ्यलाभको कामना गर्दै उद्धारकर्मीप्रति आभार व्यक्त गरियो।
काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले रुकुम पश्चिम जिप दुर्घटनामा परेर ७ जनाको मृत्यु र १० जना घाइते भएको खबरले आफू दुखित भएको बताएका छन् ।
शुक्रबार राति सामाजिक सञ्जालमार्फत नेता शर्माले सो घटनाप्रति दुःख व्यक्त गरेका हुन् । उनले मृतकहरूप्रति श्रद्धाञ्जली र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । साथै शर्माले उद्धारमा खटिएका युवा र सुरक्षाकर्मीप्रति आभार समेत व्यक्त गरेका छन् ।
शुक्रबार साँझ मुसिकोट खलंगाबाट आठविसकोट नगरपालिकाको स्यालाखदीतर्फ जाँदै गरेको जिप दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको थियो भने १० जना घाइते भएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण