थाइल्यान्डकी पूर्वमहारानी सिरिकितको ९३ वर्षको उमेरमा निधन
सारांश
- थाइल्यान्डकी महारानी सिरिकितको ९३ वर्षको उमेरमा निधन भएको छ, उनी राजा वजिरालोङ्कोर्नकी आमा थिइन्।
- महारानी सिरिकितले ६ दशकभन्दा बढी समय थाइल्यान्डका राजा भूमिबोल अदुल्यादेजसँग विवाह गरिन्, र उनी सन् २०१६ मा दिवंगत भए।
- राजदरबारले राजकीय अन्त्येष्टिको आयोजना गर्ने र शाही परिवारले एक वर्षसम्म शोक मनाउने जनाएको छ।
बैङ्कक । थाइल्यान्डका राजा वजिरालोङ्कोर्नकी आमा महारानी सिरिकितको ९३ वर्षको उमेरमा निधन भएको छ। थाइल्यान्डको शाही राजदरबार ब्युरोका अनुसार शुक्रबार स्थानीय समयअनुसार राति ९:२१ बजे बैङ्ककस्थित एक अस्पतालमा उनको निधन भएको हो ।
राजदरबारले सन् २०१९ देखि अस्पतालमा रहेकी सिरिकितलाई यो महिना रगत संक्रमणसहित धेरै रोगहरूले सताएको जनाएको छ। महारानी सिरिकितले ६ दशकभन्दा बढी समयसम्म थाइल्यान्डका सबैभन्दा लामो समयसम्म शासन गर्ने राजा भूमिबोल अदुल्यादेजसँग विवाह गरेकी थिइन्, जसको निधन सन् २०१६ मा भएको थियो।
राजा वजिरालोङ्कोर्नले शाही राजदरबार ब्युरोलाई राजकीय अन्त्येष्टि आयोजना गर्न आदेश दिएका छन्। दरबारका अनुसार महारानी सिरिकितको पार्थिव शरीरलाई बैङ्ककको ग्रान्ड प्यालेसको दुसित थोर्न हलमा राखिनेछ। थाइल्यान्डको शाही परिवारका सदस्यहरूले एक वर्षसम्म शोक मनाउनेछन्।

महारानी सिरिकितले आफ्ना पति राजा भूमिबोललाई पेरिसमा संगीत अध्ययन गर्ने क्रममा भेटेकी थिइन्। त्यस समय उनका बुबा फ्रान्सका लागि थाइल्यान्डका राजदूत थिए।
सन् १९८० मा थाई राजतन्त्रबारे बनेको बीबीसी वृत्तचित्र ‘सोल अफ अ नेशन’ मा सिरिकितले राजासँगको पहिलो भेटबाइएको अनुभव सुनाउँदै भनेकी थिइन्, ‘आफू पहिलो नजरमा नै घृणा भएको थियो।’
उनले राजा पहिलो भेटमा ढिलो आएको बताइन्। उनले भनिन्, ‘उहाँले दिउँसो चार बजे आइपुग्छु भन्नुभएको थियो थिए। उहाँ सात बजे आइपुग्नुभयो । म भने त्यहाँ कुर्सीमा बस्ने र पटक-पटक झुकेर सम्मान गर्ने अभ्यास गरिरहेँ।’

राजा भूमिबोलको बैङ्ककमा राज्याभिषेक हुनुभन्दा एक हप्ताअघि, सन् १९५० अप्रिल २८ मा यो जोडीले विवाह गरेको थियो।
सन् १९६० को दशकमा युवा जोडीको रूपमा महारानी सिरिकित र राजा भूमिबोलले विश्वभर यात्रा गरे, जहाँ उनीहरूले अमेरिकी राष्ट्रपति ड्वाइट आइजेनहावर, स्वर्गीय महारानी एलिजाबेथ द्वितीय— र एल्भिस प्रेस्लीलाई समेत भेटेका थिए।
त्यो दशकभरि उनी अन्तर्राष्ट्रिय 'बेस्ट ड्रेस्ड लिस्ट' मा प्रायः चित्रित हुन्थिन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
-
सरकार बनाउनका लागि केन्द्रको निर्णय कुर्दै खगराज भट्ट
-
कांग्रेसको ‘एनसी फर एनसी’ अभियानमा के–के गर्नुपर्छ कार्यकर्ताले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण