बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

पाकिस्तान : प्रहरीको गाडी एम्बुसमा, एसपीसहित तीन प्रहरीको मृत्यु

शनिबार, ०८ कात्तिक २०८२, ०६ : ५०
शनिबार, ०८ कात्तिक २०८२

सारांश

  • खैबर पख्तुनख्वा प्रान्तको हांगु जिल्लामा बम विस्फोट हुँदा एसपी सहित तीन प्रहरीको मृत्यु भएको छ।
  • आक्रमणकारीले हांगु क्षेत्रको चेकपोस्टलाई निशाना बनाएपछि एसपी घटनास्थल जाँदा बाटोमा विस्फोट भयो।
  • घटनापछि सुरक्षा व्यवस्था कडा पारिएको छ भने गृहमन्त्रीले घटनाको निन्दा गर्दै श्रद्धाञ्जली व्यक्त गरेका छन्।

इस्लामाबाद । पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको हांगु जिल्लामा भएको एउटा बम विस्फोटमा परी प्रहरी उपरीक्षक (एसपी) सहित तीन प्रहरी अधिकारीको मृत्यु भएको छ। बीबीसी उर्दूका अनुसार शुक्रबार भएको आक्रमणमा प्रहरी उपरीक्षक असद जुबैरको मृत्यु भएको हो।

हांगु शहर प्रहरी चौकीमा तैनाथ प्रहरी अधिकारी मोहम्मद तैफले दिएको जानकारीअनुसार आक्रमणकारीहरूले हांगु क्षेत्रको गाल्मिना नामक चेकपोस्टलाई विस्फोटक पदार्थले निशाना बनाएका थिए।

यस घटनाको खबर पाएलगत्तै एसपी (अपरेसन) असद जुबैर आफ्नो टोलीसहित घटनास्थलतर्फ गएका थिए। प्रहरीका अनुसार सोही क्रममा बाटोमा राखिएको आईईडी विस्फोटनले एसपी अपरेसनको गाडीलाई निशाना बनायो। विस्फोटमा उनीसँगै गएका तीन प्रहरीको घटनास्थलमै मृत्यु भयो।

प्रहरीले घटनापछि त्यस क्षेत्रको सुरक्षा व्यवस्था कडा बनाएको छ र खोजी कार्य जारी राखेको छ। पाकिस्तानका केन्द्रीय गृहमन्त्री मोहसिन नकवीले यस घटनाको कडा निन्दा गरेका छन् र मारिएका प्रहरीहरूप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप