ललितपुरबाट पेस्तोलसहित युवक पक्राउ
शनिबार, ०८ कात्तिक २०८२, ११ : १४
सारांश
- ललितपुरको धापाखेलबाट प्रहरीले पेस्तोलसहित एक युवकलाई पक्राउ गरेको छ।
- पक्राउ पर्नेमा खोटाङका शिवकुमार विक रहेका छन्, उनको साथबाट पेस्तोल र नगद बरामद भयो।
- प्रहरीले विकको साथबाट बरामद पेस्तोल भदौ २४ मा भएको जेनजी आन्दोलनमा लुटिएको हुनसक्ने आशंका गरेको छ।
काठमाडौँ । प्रहरीले ललितपुरको धापाखेलबाट पेस्तोलसहित एक जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा खोटाङको साकेला गाउँपालिका–१ घर भएर ललितपुर महानगरपालिका वडा नम्बर–२३ घापाखेल बस्दै आएका शिवकुमार विक छन् ।
२३ वर्षीय विकको साथबाट म्याग्जिन सहितको चाइनिज पेस्तोल १ थान र ४ लाख ७८ हजार नगद भेटिएको जिल्ला प्रहरी परिसर ललितपुरका एक जना अधिकृतले रातोपाटीलाई बताए ।
कात्तिक ६ मा पक्राउ परेका आरोपीको साथबाट बरामद पेस्तोल भदौ २४ मा भएको जेनजी आन्दोलनमा लुटिएको हुनसक्ने आकलन गरिएको छ । त्यसबारे ललितपुर प्रहरीले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कमल पुलको बारेमा कवि सम्मेलन, उत्कृष्टलाई पुरस्कार
-
सरकारको १०० दिन : सुशासन, पारदर्शिता र सेवा प्रवाहमा उल्लेखनीय सुधार
-
‘जिरो डिग्री’ तिहारमा हुने
-
तेलमा मरेको साङ्ला : न्युरोडको एक रेष्टुरेन्टलाई २ लाख जरिवाना
-
अमेरिकी पहिचानमाथि ‘नयाँ आक्रमण’ भइरहेको ट्रम्पको दाबी
-
अस्ट्रेलियाविरुद्ध इजिप्टको ऐतिहासिक जित प्यालेस्टाइनलाई समर्पित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण