काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले सिंहदरबार परिसरमा निर्माणाधीन संघीय संसद् भवनको स्थलगत निरीक्षण गरेका छन्। पटक–पटक म्याद थपिँदा पनि सम्पन्न हुन नसकेको यो भवनको काम सुस्त भएको भन्दै निर्धारित समयमा सकिनेमा आशङ्का बढेको छ।
_lCpeOqAhiU.jpg)
संसद् भवनको निर्माण २०७६ असोज १ गते प्रधानमन्त्री केपी शर्मा ओलीबाट शिलान्यास भएको थियो। सुरुमा टुन्डी–सेक जेभीले ५ अर्ब ६७ करोड २७ लाख रुपैयाँ (भ्याटसहित) मा २०७९ असोज १६ गतेभित्र काम सक्ने गरी ठेक्का लिएको थियो। तर, कोरोना महामारीसहित विभिन्न कारण देखाउँदै यसको म्याद पाँचौँ पटक थपिएको छ र लागत ६ अर्ब २९ करोड रुपैयाँ पुगेको छ।
_SZWzFQjuiG.jpg)
भवनको इन्टेरियर (भित्री सजावट) को काम पनि सुस्त देखिएको छ। २ अर्ब ३४ करोड ५४ लाख रुपैयाँ (भ्याटसहित) मा केसी श्यामसुन्दर बानियाँ जेभीसँग २०८१ असार १६ गते काम सक्ने गरी सम्झौता भए पनि नसकिएपछि म्याद थप गरिएको छ।
_0j6I4HMnRe.jpg)
हाल पाँचौँ पटक थपिएको म्यादअनुसार २०८२ पुस १६ गतेभित्र भवनको सम्पूर्ण काम सक्नुपर्ने छ। तर, इन्टेरियरसहित समग्र भौतिक प्रगति र कामको गति हेर्दा यो समयसीमाभित्र पनि भवन निर्माण सम्पन्न हुनेमा आशङ्का कायमै रहेको छ।
_pxDVPNwUYt.jpg)
_HQjsPQmIKG.jpg)
_0iacxv9eov.jpg)
_yYegyFzSpx.jpg)
_Ea3rnBwzbJ.jpg)
_bLcjyjc8Md.jpg)
_OWwpf6aW2s.jpg)
_FJLwI6EN83.jpg)
_AupCkeleZH.jpg)
_2zqmzUI8y7.jpg)
_JUrkBZ9EY9.jpg)
_RPf7erFKMV.jpg)
_3Tflu6tAG2.jpg)
_u4gvwXWQwh.jpg)
_eBX4mE5TC9.jpg)
_XxT0R5JNb3.jpg)
_Hkrc5jfmLM.jpg)
प्रतिक्रिया