अमेरिका–चीन व्यापार वार्ता ‘निकै रचनात्मक’
सारांश
- अमेरिकी र चिनियाँ प्रतिनिधिहरूबीच मलेसियामा व्यापार वार्ता 'निकै रचनात्मक' भयो।
- अमेरिकी अर्थमन्त्री र चिनियाँ उपप्रधानमन्त्रीबीचको भेटवार्ता मर्डेकामा भयो।
- अमेरिकी राष्ट्रपति ट्रम्पले चीनसँग राम्रो सम्झौता र व्यापार युद्ध अन्त्य गर्ने आशा व्यक्त गरेका छन्।
क्वालालाम्पुर । संयुक्त राज्य अमेरिका र चीनबिच शनिबार मलेसियामा भएको व्यापार वार्ता ‘निकै रचनात्मक’ भएको अमेरिकी अर्थमन्त्रालयका प्रवक्ताले बताएका छन् ।
उनले भने, ‘आजको वार्ता सकिएको छ । वार्ता प्रतिनिधिहरूले धेरै रचनात्मक काम गरेका छन्, र हामी आशा गर्छौँ भोलि बिहान फेरि वार्ता सुरु हुनेछ,’ प्रवक्ताले एएफपीसँग भने ।
अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले चीनका उपप्रधानमन्त्री हे लिफेङसँग मलेसियाको मर्डेका ११८ मा भेटवार्ता गरेका हुन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका चिनियाँ समकक्षी सी जिनपिङबिच आगामी बिहीबार दक्षिण कोरियामा भेटवार्ता हुने अपेक्षा गरिएको छ।
अक्टोबर ३१ देखि सुरु हुने एसिया–प्रशान्त आर्थिक सहयोग शिखर सम्मेलनका क्रममा आयोजित बैठक रद्द गर्ने चेतावनी दिए पनि पछिल्लो समय अमेरिकी राष्ट्रपति ट्रम्पले चीनसँग ‘राम्रो’ सम्झौता गर्ने र व्यापार युद्ध अन्त्य गर्ने आशा व्यक्त गरेका छन् ।
बेइजिङले यस महिना महत्वपूर्ण दुर्लभ खनिज तथा धातुको निर्यातमा व्यापक नियन्त्रण गर्ने घोषणा गरेपछि प्रतिवादमा अमेरिकी राष्ट्रपति ट्रम्पले चीनबाट हुने आयातमा १०० प्रतिशत कर लगाउने चेतावनी दिएका थिए ।
अमेरिकी व्यापार ऐनको ‘धारा ३०१’ को अनुसन्धानले उद्योगमा बेइजिङको प्रभुत्व अनुचित भएको निश्कर्ष निकालेपछि दुई देशले एक अर्काको जहाजमा आगमन शुल्क पनि लिन थालेका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
-
रिहापछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिए विष्णु पौडेल
-
धनगढीबाट डा. गोविन्द केसीले थाले अनसन
-
आस्थालाई अभ्यासमा बदल्न नसक्दा कांग्रेस पछि पर्याे, राजनीतिमा कोही पनि निर्विकल्प छैन : प्राध्यापक खनाल
-
संविधान बचाउन कठिन छ : वरिष्ठ अधिवक्ता भट्टराई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण