सरकारले आधिकारिक रूपमा वार्तामा बोलाएको हो भने स्वागत गर्छौँ : दुर्गा प्रसाईँ
आइतबार, ०९ कात्तिक २०८२, ०८ : २२
सारांश
- दुर्गा प्रसाईंले सरकारले वार्ताका लागि बोलाए स्वागत गर्ने बताए।
- उनले अहिलेको सरकारले ओली सरकारले नसकेको जिम्मेवारी देखाएको बताए।
- प्रसाईंले वार्ता मात्र नभई राष्ट्र र नागरिक जोगाउने समाधान चाहेको उल्लेख गरे।
काठमाडौँ । मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईँले सरकारले आधिकारिक रूपमा वार्तामा बोलाएको हो भने स्वागत गर्ने बताएका छन् ।
ओली सरकारले कहिल्यै देखाउन नसकेको जिम्मेवारी अहिलेको सरकारले देखाएको पनि उनले उल्लेख गरेका छन् ।
सामाजिक सञ्जालमा उनले भनेका छन्– 'सरकारले यदि हामीलाई आधिकारिक रूपमा वार्ताका लागि बोलाएको हो भने, हामी यसको स्वागत गर्दछौँ।जनताको आवाज सुन्ने यो कदमका लागि ओली सरकारले कहिल्यै देखाउन नसकेको जिम्मेवारी अहिलेको सरकारले देखाएको छ भन्ने हाम्रो मूल्याङ्कन छ।'
प्रसाईँले थप लेखेका छन्– 'वार्ता गर्न बोलाउँदैमा मात्रै होइन, राष्ट्र र नागरिक जोगाउने परिणामसहितको समाधान अब देशले चाहेको छ।'
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण