झोलुङ्गे पुलका ६ वटा ठेक्का तोड्ने प्रक्रिया अघि बढ्यो
सारांश
- स्थानीय पूर्वाधार विकास विभागले ६ वटा झोलुङ्गे पुलका रुग्ण ठेक्का तोड्ने प्रक्रिया थालेको छ।
- खोटाङ, धादिङ, गोरखा र झापाका विभिन्न झोलुङ्गे पुल निर्माणको ठेक्का तोड्ने प्रक्रिया अघि बढाइएको छ।
- निलगिरी निर्माण सेवा, हरिहरि/शर्मिला जेभी, कान्छाराम/युनिकर्न जेभी, र अन्य निर्माण कम्पनीहरूको ठेक्का रद्द गरिने भएको छ।
काठमाडौँ । स्थानीय पूर्वाधार विकास विभाग (डोली) ले झोलुङ्गे पुलका ६ वटा रुग्ण ठेक्का तोड्ने प्रक्रिया अघि बढाएको छ । सहरी विकास मन्त्रालयअन्तर्गत स्थानीय डोलीको सस्पेन्सन ब्रिज डिभिजनले झोलुङ्गे पुलका उक्त ठेक्का तोड्ने प्रक्रिया अघि बढाएको हो ।
यसमध्ये निलगिरी निर्माण सेवा प्रालिले २०७५ साउन २३ गते ठेक्का लिएको खोटाङको पिलम्पा झोलुङ्गे पुल र २०७८ असोज १२ ठेक्का सम्झौता गरेको धादिङ लिखु धुनीबेसीर गोरखाको थुमी बुधेगरा जोड्ने झोलुङ्गे पुलको ठेक्का तोड्ने प्रक्रिया अघि बढाएको जनाएको छ । निलगिरी निर्माण सेवा प्रालिका आधिकारिक प्रतिनिधि युवराज डाँगी हुन् ।
यसैगरी गोरखाको क्योग्मा झोलुङ्गे पुलको ठेक्का रद्द गर्ने प्रक्रिया थालिएको छ । उक्त पुल निर्माणका लागि हरिहरि/शर्मिला जेभीले २०७६ असोज १२ गते ठेक्का सम्झौता भएको थियो । ठेक्का सम्झौता गर्दा हरिबहादुर राउत र गौरीलाल राउत रहेका भए पनि आधिकारिक प्रतिनिधि गौरीलाल डाँगी छन् ।
यसैगरी झापाको कमल खोला दोभानको झोलुङ्गे पुल अलपत्र पार्ने कान्छाराम/युनिकर्न जेभीको ठेक्का तोड्ने प्रक्रिया थालेको छ । २०७८ असार १० गते सम्झौता भएको उक्त ठेक्का सम्झौता गर्दाको बखतमा रामकुमार श्रेष्ठ, पूर्णबहादुर तामाङ र हरिबहादुर खड्का रहेका थिए । यसमा आधिकारिक प्रतिनिधि हरिबहादुर खड्का रहेका छन् ।
यस्तै झापाकै बिरिङ बाह्रादशी झोलुङ्गे पुलको ठेक्का तोड्ने प्रक्रिया सुरु भएको छ । २०७६ असोज १३ गते अंशुवी/पुष्पाञ्जली/स्वर्णीम जेभीले ठेक्का सम्झौता गरेको थियो । यसका आधिकारिक प्रतिनिधि वसन्त बुढाथोकी रहेका छन् भने ठेक्का सम्झौता गर्दाका बखतमा वसन्त बुढाथोकी, नरेन्द्रकुमार श्रेष्ठ र विश्वराज खनाल रहेका छन् ।
यस्तै खोटाङ उदयपुर जोड्ने बुवा खोला झोलुङ्गे पुलको ठेक्का तोड्ने प्रक्रिया समेत थालिएको छ । यो पुल निर्माणका लागि २०७८ असोज १३ गते टुवाचुङ/अन्सुबी/नेपाल फूलबारी जेभीले ठेक्का लिएका थिए । यसका आधिकारिक प्रतिनिधि रामबहादुर कटुवाल र रामचन्द्र कार्की भए पनि ठेक्का सम्झौता गर्दा सुनिल राई, वसन्त बुढाथोकी र रामबहादुर कटुवाल प्रतिनिधि थिए ।
_b054lzC29r.png)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फोहोर सम्झिएर नफाल्नुहोस् तरकारी तथा फलफूलका बोक्रा र चियापत्ती
-
२० मेगावाटसम्मका आयोजना प्रदेश सरकारले निर्माण गर्ने
-
त्रियुगा क्षेत्रमा गर्मीले जनजीवन प्रभावित
-
मुख्यमन्त्री विजयसँग प्रेम सम्बन्धको भाइरल हल्लाबिच तृषाले तोडिन् मौनता
-
तुलसी अधिकारीको थुनछेक बहस सुरु
-
कोरम नपुगेपछि सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण