स्वयम्भूबाट पक्राउ परेका चिनियाँ र नेपालीको साथबाट थप ४० लाख बरामद
सारांश
- स्वयम्भूबाट पक्राउ परेका चिनियाँ नागरिक र एक नेपाली महिलाको साथबाट प्रहरीले थप ४० लाख बरामद गर्यो।
- प्रहरीले यसअघि ६९ लाख ८५ हजार नगद बरामद गरेको थियो, जसले गर्दा जम्मा बरामद रकम १ करोड १० लाख ७० हजार पुगेको छ।
- उनीहरूको कोठाबाट सुनका गहना, आईफोन र म्याकबुक पनि बरामद गरिएको छ र हुन्डी सम्बन्धी कसूरमा अनुसन्धान भइरहेको छ।
काठमाडौँ । काठमाडौँको स्वयम्भूबाट पक्राउ परेका चिनियाँ नागरिक ३८ वर्षीय जियाओ याङ्ग र धादिङको नीलकण्ठ नगरपालिका घर भएकी २२ वर्षीया रोजिना सुनारको साथबाट प्रहरीले थप ४० लाख बरामद गरेको छ ।
कात्तिक ६ प्रहरीले पक्राउ गरेर प्रहरीले त्यसदिन ६९ लाख ८५ हजार नगद बरामद गरेको थियो । अनुसन्धान गरेर प्रहरीले थप रकम फेला पारेको हो ।
आरोपीहरूको साथबाट कुल १ करोड १० लाख ७० हजार नगद बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले जानकारी दिए । स्वयम्भू सानो भर्याङस्थित सरिता महर्जनको घरमा उनीहरूको भाडामा लिएको कोठाबाट प्रहरीले सुनका गहनाहरूसमेत बरामद गरेको छ ।
नेकलेस २ थान, झुम्का २ थान, बाला ४ थान, औँठी ३ थान र शिरबन्दी १ थान बरामद गरिएको प्रहरीले जनाएको छ । आरोपीहरूको डेराबाट प्रहरीले आईफोन र म्याकबुक पनि बरामद गरेको छ ।
आरोपीहरु विरुद्ध हुन्डी सम्बन्धी कसुरमा ८ दिनको म्याद लिएर अनुसन्धान थालिएको एसपी भट्टराईले जानकारी दिए । उनीहरूबारे प्रहरी वृत्त स्वयम्भूले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण