६९ लाख नगदसहित स्वयम्भूबाट दुई जना पक्राउ
शुक्रबार, ०७ कात्तिक २०८२, १२ : ०८
सारांश
- काठमाडौँको स्वयम्भूबाट प्रहरीले स्रोत नखुलेको नगद र सुन सहित दुई जनालाई पक्राउ गरेको छ।
- पक्राउ पर्नेमा एक चिनियाँ र एक नेपाली नागरिक छन्, जसको कोठाबाट सुनका गहना पनि बरामद गरियो।
- प्रहरीले नगद ६९ लाख ८५ हजार, सुनका गहना, आईफोन र म्याकबुक सहित उनीहरूलाई पक्राउ गरेको हो।
काठमाडौँ । काठमाडौँको स्वयम्भूबाट प्रहरीले स्रोत नखुलेको नगद र सुन सहित दुई जनालाई पक्राउ गरेको छ । ६९ लाख ८५ हजार नगद सहित एक जना चिनियाँ र एक जना नेपाली नागरिक बिहीबार बिहान पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा चिनियाँ नागरिक ३८ वर्षीय जियाओ याङ्ग र धादिङको नीलकण्ठ नगरपालिका घर भएकी २२ वर्षीया रोजिना सुनार छिन् । स्वयम्भु सानोभर्याङ स्थित सरिता महर्जनको घरमा उनीहरूको भाडामा लिएको कोठाबाट प्रहरीले सुनका गहनाहरू समेत बरामद गरेको छ ।
नेकलेस २ थान, झुम्का २ थान, बाला ४ थान, औंठी ३ थान र शिरबन्दी १ थान बरामद गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एक जना अधिकृतले रातोपाटीलाई बताए । आरोपीहरूको डेराबाट प्रहरीले आईफोन र म्याकबुक पनि बरामद गरेको छ । उनीहरूबारे प्रहरी वृत्त स्वयम्भूले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण