सुखीपुर नगरपालिका–६ का वडाध्यक्ष साहको निधन
आइतबार, ०९ कात्तिक २०८२, २१ : २३
सारांश
- सुखीपुर नगरपालिका-६ का वडाध्यक्ष रामेश्वर साहको क्यान्सर रोगका कारण निधन भयो।
- ५० वर्षीय साहको निधन शनिबार राति आफ्नै निवासमा भएको थियो, र उनी चितवनमा उपचारपछि घर फर्केका थिए।
- साह स्थानीय तहको दुवै निर्वाचनमा वडाध्यक्षमा निर्वाचित भएका थिए, र उनको परिवारमा श्रीमती र दुई छोरी छन्।
सिराहा । सुखीपुर नगरपालिका–६ का निर्वाचित वडाध्यक्ष रामेश्वर साहको निधन भएको छ । क्यान्सर रोगबाट पीडित ५० वर्षीय साहको शनिबार राति आफ्नै निवास बडहरीमा निधन भएको नगरप्रमुख रामऔतार यादवले जानकारी दिए ।
नगरप्रमुख यादवका अनुसार साहलाई करिब एक हप्ताअघि चितवनस्थित भरतपुर अस्पतालमा उपचारपछि घर फर्काइएको थियो । मिर्गौलासम्बन्धी समस्या देखिएपछि उपचारका क्रममा उनको पित्तथैलीमा क्यान्सर पत्ता लागेको थियो ।
साह स्थानीय तहको पहिलो निर्वाचन (२०७४ साल) र दोस्रो निर्वाचन (२०७९ साल) मा वडाध्यक्षमा निर्वाचित भएका थिए । वडाध्यक्ष साहका श्रीमती र दुई छोरी रहेका छन् ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण