दार्चुलामा जिपको ठक्करबाट एक जनाको मृत्यु
सोमबार, १० कात्तिक २०८२, ०९ : ३२
सारांश
- दार्चुलामा जिपको ठक्करबाट एक जनाको मृत्यु भएको छ, महाकाली नगरपालिका-४ बांगाबगरमा दुर्घटना भएको हो।
- ब्यास गाउँपालिकाका चालकले जिप ब्याक गर्ने क्रममा लुहारलाई ठक्कर दिँदा उनी घाइते भएका थिए।
- जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि धनगढी लैजाँदै गर्दा लुहारको बाटोमै मृत्यु भयो।
धनगढी । दार्चुलामा जिपको ठक्करबाट एक जनाको मृत्यु भएको छ । आइतबार दिउँसो १२ बजे महाकाली नगरपालिका–४ बांगाबगरका ७० वर्षीय मिलन लुहारको सोही ठाउँमा भएको दुर्घटनामा मृत्यु भएको हो ।
ब्यास गाउँपालिका–३ सिना बस्ने ३८ वर्षीय कल्याण सिंह धामीले चलाएको सुदूरपश्चिम प्रदेश ०४–०१ ज ००१७ नम्बरको बोलेरो जिप ब्याक गर्ने क्रममा लुहारलाई ठक्कर दिँदा उनी घाइते भएका थिए । उनको जिल्ला अस्पताल दार्चुलामा उपचार सम्भव नभएपछि धनगढीको माया मेट्रो अस्पतालमा लैजान त्यहाँबाट रेफर गरिएको थियो ।
गोकुलेश्वर पुगेपछि घाइते लुहारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । सो सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
-
पक्राउ परे कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष पटेल
-
स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने
-
गैँडा मार्ने उद्देश्यले निकुञ्ज छिरेको आशङ्कामा दुई व्यक्ति पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण