जेनजी आन्दोलनका शहीद र घाइतेहरूको बलिदान खेर जान दिनु हुँदैन: मन्त्री गौतम
सारांश
- स्वास्थ्यमन्त्री डा. सुधा गौतमले जेनजी आन्दोलनका शहीद र घाइतेहरूको बलिदान खेर जान नदिने बताइन्।
- उनले केएमसी अस्पतालमा उपचाररत जेनजी आन्दोलनका घाइतेहरूसँग भेटघाट गरिन् र उनीहरूको अवस्थाबारे जानकारी लिइन्।
- मन्त्री गौतमले घाइतेको उपचार र जेनजीहरुको मागलाई सम्बोधन गर्नुपर्ने कुरामा जोड दिइन्।
काठमाडौँ । नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा गौतमले जेनजी आन्दोलनका शहीद र घाइतेहरूको बलिदान खेर जान दिन नहुने बताएकी छन् ।
सोमवार बिहान सिनामंगलस्थित केएमसी अस्पतालमा उपचाररत जेनजी आन्दोलनका घाइतेहरुसँगको भेटपछि सञ्चारकर्मीहरुसँग उनले यस्तो बताएकी हुन्। उनले केएमसी अस्पतालले जेनजी आन्दोलनका क्रममा घाइते भएका ८३ जनाको उपचार गरेको र २ जना मात्रै अहिले उपचाररत रहेको बताइन् ।
उपचाररत घाइतेमध्ये एक जना महिला रहेको र उनीमाथि आन्दोलनका क्रममा पेट्रोल बम प्रहार भएको पाएको बताइन् । अर्को एक घाइते गोली लागेर उपचाररत रहेको जानकारी दिइन् । दुवै घाइतेको अवस्था सुधारोन्मुख रहेको बताइन् । शहीदको बलिदान खेर जान नदिनेतर्फ आफूहरू सचेत रहेको र जेनजीहरुको भ्रष्टाचार हुन नहुने, सुशासन कायम हुनुपर्ने मागलाई बिर्सन नहुने बताइन् ।
उनले शहीदको बलिदानको अवमूल्यन गर्न नहुने बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण