बद्री, प्रताप र एलिनाले सकाए अमेरिका टुर
काठमाडौँ । बद्री पङ्गेनी, प्रताप दास र एलिना चौहानले अमेरिका टुर सकाएका छन् ।
फ्लाइ नेपा ट्राभल्सको आयोजनामा अमेरिकाका विभिन्न सहरमा चलेको सांगीतिक कार्यक्रम ‘अब सुन्छ अमेरिका’ सन् २०२५ को अगस्ट, सेप्टेम्बर र अक्टोबर महिनामा अमेरिकाको न्युयोर्क, डालस टेक्सास, अस्टिन, नियाग्राफल्स, बोस्टन, न्यू ह्याम्पशायर, बाल्टिमोर, सिनसिनाटी ओहायो, शिकागो, एक्रोन ओहायो, कोलम्बस ओहायो, कोलोराडो, सन फ्रान्सिस्कोलगायतका ठाउमा चलेका थियो ।
तीन महिना लामो सांगीतिक कार्यक्रममा बद्री, प्रताप र एलिना गीतसंगीतमार्फत दर्शकलाई मनोरञ्जन गराएका थिए ।
कार्यक्रम भएका ठाउँमा दर्शकहरूको बाक्लो उपस्थिति रहेको थियो । तीज नलाग्दै अमेरिका पुगेका गायक गायिकाले तीज हुँदै दसैँ तिहारसम्मका चाडमा दर्शकलाई मनोरञ्जन दिलाएका थिए ।
कार्यक्रमका संयोजक तथा परिकल्पनाकार विनोद अधिकारीले गर्मी मौसम सकिँदो र चिसो मौसम सुरु हुने अत्यन्त अनुकूल मौसम भएका महिनामा अमेरिकाको पूर्वदेखि पश्चिममा रहेका नेपालीसम्म पुगेको जानकारी गराएका छन् ।
अधिकारीले यो क्रममा हजारौँ माइलको फराकिलो दूरीको यात्रा पार गरेको बताए । उनले आगामी दिनमा पनि यसैगरी नेपाल र नेपालीलाई जोड्ने कार्यक्रम गर्ने योजना रहेको सुनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरान थप आक्रामक, दबाबमा अमेरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण