फिल्म ‘परिवर्तन’को टिजर सार्वजनिक
सारांश
- आगामी माघ ९ गते रिलिज हुने फिल्म 'परिवर्तन' को टिजर सार्वजनिक गरियो।
- फिल्मले देशमा व्याप्त भ्रष्टाचार र अन्यायविरुद्ध युवाको परिवर्तनको सन्देश दिन्छ।
- फिल्ममा सुशील श्रेष्ठ, अञ्जना बराइली लगायतका कलाकारको अभिनय रहेको छ।
काठमाडौँ । आगामी माघ ९ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘परिवर्तन’ को टिजर सार्वजनिक गरिएको छ । छठ पर्वको अवसर पारेर निर्माण टिमले फिल्मको टिजर सार्वजनिक गरेको हो ।
देशमा विद्यमान भ्रष्टाचार, बेथिति, अन्याय र अत्याचारको विरोध गर्दै युवाहरूले अब देश परिवर्तनको नेतृत्व लिनुपर्ने सन्देश बोकेको देख्न सकिन्छ।
फिल्ममा अभिनेता सुशील श्रेष्ठलाई एक्सन अवतारमा देख्न सकिन्छ। टिजर रिलिज कार्यक्रममा बोल्दै फिल्मका निर्माता तथा कथा लेखक दीपक शिवाकोटीले ‘परिवर्तन’ले देशभक्त युवाको आवाजलाई पर्दामा उतार्ने प्रयास गरेको बताए। उनले भने,‘अबको परिवर्तन युवाबाटै सम्भव छ, यही सन्देश बोकेको हाम्रो फिल्मले समाजमा चेतना जगाउनेछ।’
विजय केरुङको निर्देशनमा बनेको यो फिल्ममा सुशील श्रेष्ठ, अञ्जना बराइली, करिश्मा मानन्धर, बुद्धि तामाङ, सुभाष मेचे, सरोज खनाल, हेमन्त बुढाथोकी, पुकार भट्टराई, शङ्कर श्रेष्ठ, गौतम तिवारी, यमनाथ खरेल, सिरु विष्ट, आशा पौडेल, आयुषा कार्कीलगायतका कलाकारहरूको अभिनय रहेको छ।
फिल्मका निर्देशक विजय केरुङले टिजरमार्फत ‘परिवर्तन’को मुख्य सन्देश दर्शकसमक्ष पुर्याउन खोजिएको बताए। उनका अनुसार चलचित्रले युवाको विद्रोही सोच, देशप्रतिको जिम्मेवारी र सुधारको चाहनालाई प्रस्तुत गर्नेछ।
शिवम अधिकारीको लेखनमा बनेको फिल्ममा एसडी योगीको सङ्गीत, श्री श्रेष्ठको एक्सन निर्देशन, शिव ढकालको छायाङ्कन र बन्दे प्रसादको सम्पादन रहेको छ।
फिल्मको वितरण आरआर फिल्मस्ले गर्नेछन् भने डिजिटल पार्टनर ओएस आर रहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अभिनेत्री गौमाया गुरुङले गरिन् विवाह
-
वर्षायाममा भरपर्दो विद्युत् सेवा सुनिश्चित गर्न प्रदेश कार्यालयलाई निर्देशन
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
-
पर्वतको बन्जिसाईड भिरबाट हामफालेका व्यक्तिको शव निकालियो
-
बिहेको दुई महिनाअघि रुसी आक्रमणमा ज्यान गुमाए भारतीय नाविकले, भारतद्वारा रुसी कूटनीतिज्ञलाई ध्यानाकर्षण
-
चोभार गेटमा बस, ट्यांकर र बाइक एकआपसमा ठोक्किए (तस्बिरहरु)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण