देउवा दम्पती आज राति १० बजे सिंगापुर जाने
सारांश
- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र पत्नी डा. आरजु राणा देउवा उपचारका लागि सिंगापुर जाने भएका छन्।
- देउवा दम्पतीले सिंगापुर एयरलाइन्सबाट सोमबार राति १० बजे सिंगापुर जाने पारिवारिक स्रोतले जानकारी दिएको छ।
- देउवा जेनजी आन्दोलनका क्रममा कुटिएपछि र थप उपचारका लागि सिंगापुर जान लागेका हुन्।
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी कांग्रेस केन्द्रीय सदस्य डा. आरजु राणा देउवा सोमबार उपचारका लागि सिंगापुर जाने भएका छन् ।
सोमबार राति १० बजे सिंगापुर एयरलाइन्सबाट देउवा दम्पती सिंगापुर जाने निश्चित भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।
देउवाले यसबारे कार्यवाहक सभापति पूर्णबहादुर खड्का, इतर समूहका नेता डा.शेखर कोइरालालगायतका शीर्ष तहका नेतालाई जानकारी गराएको उनी निकट स्रोतले जानकारी दियो । देउवाले आफू उपचारका लागि सिंगापुर जान लागेको बताएको जानकारी गराएको स्रोतको भनाइ छ ।
जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते देउवा दम्पती बूढानीलकण्ठस्थित आफ्नै निवासमा मरणासन्न हुनेगरी कुटिएका थिए । त्यसपछि करिब एक महिना छाउनीस्थित सैनिक अस्पतालमा उपचार गराएका थिए ।
उपचारका क्रममा देउवाको गर्दनमा १२ टाँका लगाइएको कांग्रेसका तत्कालीन उपसभापति अहिलेका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टी कार्यसम्पादन समिति बैठकमा जानकारी गराएका थिए ।
जेनजी आन्दोलनमा कुटपिट भएपछि असोज २८ गते मात्रै देउवा सार्वजनिक रूपमा देखिएका थिए । पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकमा उपस्थित देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी सुम्पिएका थिए । त्यसपछि कुनै सार्वजनिक कार्यक्रममा देखा नपरेका देउवा आज थप उपचारका लागि सिंगापुर जान लागेका हुन् । थप उपचार गर्ने र केही महिना उतै बस्ने तयारी देउवाको रहेको स्रोतले बतायो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण