‘देउवामाथि प्राण लिने उद्देश्यले साङ्घातिक आक्रमण भयो’
सोमबार, १० कात्तिक २०८२, १४ : ५२
सारांश
- कार्यवाहक सभापति पूर्णबहादुर खड्काले शेरबहादुर देउवामाथि साङ्घातिक आक्रमण भएको बताए।
- भदौ २४ गते देउवा दम्पतीमाथि बुढानीलकण्ठस्थित निवासमा आन्दोलनकारीले आक्रमण गरे।
- नेपाल तरुण दलको स्थापना दिवसमा खड्काले देउवामाथि भएको आक्रमणको कुरा उठाए।
काठमाडौँ । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टी सभापति शेरबहादुर देउवामाथि गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा प्राण लिने उद्देश्यले साङ्घातिक आक्रमण भएको बताएका छन् ।
नेपाल तरुण दलको ७३ औँ स्थापना दिवसका अवसरमा कांग्रेस केन्द्रीय कार्यालयमा सोमबार आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा कार्यवाहक सभापति खड्काले यस्तो बताएका हुन् ।
उनले भने, ‘भदौ २४ गते सभापति शेरबहादुर देउवा र पार्टी केन्द्रीय सदस्य डा. आरजु राणा देउवामाथि प्राण लिने उद्देश्यले साङ्घातिक आक्रमण भयो ।’
देउवा दम्पतीमाथि बुढानीलकण्ठस्थित निवासमा आन्दोलनकारीले आक्रमण गरेर घाइते बनाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राकृतिक स्रोत साधन संरक्षण र राष्ट्रियकरण गर्नुपर्ने अवधारणा वीपीको : गगन थापा
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण