भारत र चीनसँग मात्रै ३ खर्ब बढीको व्यापार घाटामा नेपाल
सारांश
- चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नेपालले भारत र चीनसँग ३ खर्ब बढीको व्यापार घाटा व्यहोरेको छ।
- भारतबाट २ खर्ब ५८ अर्बको वस्तु आयात गर्दा ५९ अर्बको मात्र निकासी गरेको छ।
- चीनसँगको व्यापारमा १ खर्ब ४८ अर्बको आयात र १८ करोडको निर्यात भएको छ।
काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नेपालले भारत र चीनसँग मात्रै ३ खर्ब बढीको व्यापार घाटा व्यहोर्नुपरेको छ । निर्यात भन्दा आयात चुलिँदा नेपालले छिमेकी दुई देशसँग ३ खर्ब ४ अर्ब ४५ करोडको व्यापार घाटा व्यहोरेको हो ।
भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमासिक (साउन–असोज) सम्ममा भारतबाट नेपालले २ खर्ब ५८ अर्ब ८७ करोडको वस्तु आयात गरेको छ । यो अवधिमा ५९ अर्ब १२ करोडको मात्रै वस्तु निकासी गरेको छ । जसबाट पहिलो त्रैमासमा भारतसँग मात्रै नेपालले १ खर्ब ९९ अर्ब ७४ करोडको व्यापार घाटा व्यहोर्नुपरेको छ ।
त्यस्तै, उत्तरी छिमेकी देश चीनसँग नेपालले चालु आर्थिक वर्षको पहिलो त्रैमास (साउन–असोज) सम्ममा १ खर्ब ४८ अर्ब ९४ करोडको वस्तु आयात गरेको छ भने निर्यात भने १८ करोड ६४ लाखको मात्रै गरेको छ । जसबाट नेपालले १ खर्ब ४ अर्ब भन्दा बढीको व्यापार घाटा व्यहोरेको छ ।
भारतपछि सबैभन्दा बढी व्यापार घाटा रहेको मुलुकमा चीन पर्ने गरेको छ । त्यस्तै, नेपालले अफगानिस्तान, अर्जेनटिना, अस्ट्रेलिया, बंगलादेशदेखि अमेरिकी मुलुकसँग पनि ठुलो व्यापार घाटा व्यहोरेको छ ।
नेपालले १ सय ४० देशसँग वैदेशिक व्यापार गर्दै आएकोमा साइप्रस, बहामासलगायतका केही देशहरूसँग वैदेशिक व्यापार नाफामा गर्दै आएको विभागको तथ्यांकले देखाउँछ । –न्युज एजेन्सी नेपाल
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेप्सेको सिस्टममा समस्या हुँदा परिसूचकमा १००० अंक गिरावट देखियो
-
सेयर बजारमा आज पनि सुधार, सातामा ५७ अङ्कले बढ्यो नेप्से
-
बागमती किनारका हटाइएका बस्ती क्षेत्रमा खुला पार्क, हरित क्षेत्र र पदमार्ग निर्माण गरिने
-
वर्तमान सरकारविरूद्ध चारैतिरबाट घेरा हालाैँ : प्रचण्ड
-
पश्चिम एसियाको द्वन्द्वबारे नेपालको धारणा यथावत, वार्ता र कूटनीतिबाट समाधानको आग्रह
-
धनुषामा गोली चल्याे, दुई जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण