मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

रहस्यमै अल्झियो ट्रम्प–किमको भेटवार्ता

मङ्गलबार, ११ कात्तिक २०८२, ११ : ५२
मङ्गलबार, ११ कात्तिक २०८२

सारांश

  • अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प जापानको भ्रमणमा छन्, जहाँ उनले उत्तर कोरियाका नेता किम जोङ उनलाई भेट्ने सम्भावनाबारे छलफल गर्नेछन्।
  • टोकियोमा पत्रकारले सोधेको प्रश्नमा ट्रम्पले उत्तर कोरियाद्वारा अपहरण गरिएका जापानी नागरिकहरूको मुद्दाबारे छलफल गर्ने बताए।
  • ट्रम्पले किमलाई भेट्न चाहेको र दक्षिण कोरियाको भ्रमणको क्रममा एपेक शिखर सम्मेलनमा सहभागी हुनेछन्।

टोकियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प यतिबेला जापानमा छन् । एक हप्ता लामो एशिया भ्रमणको क्रममा उनी जापान पुगेका हुन् । यस भ्रमणमा ट्रम्पले उत्तर कोरियाका नेता किम जोङ उनलाई पनि भेट्न सक्ने अनुमान गरिएको थियो । तर किमलाई उनले भेट्छन् कि भेट्दैनन् कुरा अहिलेसम्म पनि रहस्यमै अल्झिएको  छ । ट्रम्पले यसलाई खुला प्रश्न जसरी छाडेका छन् ।

एक जना पत्रकारले टोकियोमा ट्रम्पलाई उत्तर कोरियाद्वारा अपहरण गरिएका जापानी नागरिकहरूको मुद्दा किमसँग उठाउँछन् कि उठाउँदैनन् भनेर सोधेका थिए । यसको जवाफमा उनले ‘के हुन्छ, हेरौँ । हामीले केही पनि गरेका छैनौँ, हामी धेरै व्यस्त छौँ.... तर हामी यसबारे छलफल गर्नेछौँ,’ भनेर भनेका थिए । ट्रम्पले पहिले पनि आफूले किमसँग भेट्न चाहेको अनि यसका लागि आफ्नो एसिया भ्रमणको समय थप्न तयार रहेको भनेका थिए । तर उनीहरूबिच भेटघाटको ज्ञात तालिका छैन ।

आफूलाई किम मन पर्ने उनले पनि आफूलाई मन पराउने भन्दै उनले भेट्न चाहन्छन् भने आफू दक्षिण कोरियामा हुने सोमबार ट्रम्पले भनेका थिए । ट्रम्प यस हप्ताको अन्त्यमा दक्षिण कोरियाको भ्रमणमा जानेछन् । यस क्रममा उनी एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक)को सीईओ शिखर सम्मेलनमा सामेल हुनेछन् । आफ्नो पहिलो कार्यकालमा ट्रम्पले २०१८ र २०१९ मा किमलाई भेटेका थिए ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप