भालुको पित्तसहित दुई जना पक्राउ
सारांश
- सीआईबीले काठमाडौँबाट भालुको पित्तजस्तो देखिने आखेटोपहारसहित दुई जनालाई पक्राउ गरेको छ।
- पक्राउ पर्नेमा कालिकोटका रमेश बहादुर शाही र कृष्ण बहादुर शाही रहेका छन्।
- उनीहरूलाई गोकर्णेश्वरबाट पक्राउ गरी आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालयमा बुझाइएको छ।
काठमाडौँ । संरक्षित वन्यजन्तु भालुको पित्तजस्तो देखिने आखेटोपहारसहित दुई जनालाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले काठमाडौँबाट पक्राउ गरेको छ।
अवैध रूपमा संरक्षित वन्यजन्तुको आखेटोपहार ओसारपसार गरी खरिद बिक्री गर्न लागेको भन्ने विशेष सूचनाको आधारमा ब्यूरोको टोलीले मिति २०८२ कार्तिक ९ गते उनीहरूलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेहरू कालिकोट खाँडाचक्र नगरपालिका वडा नं. ६ बस्ने २५ वर्षीय रमेश बहादुर शाही र २८ वर्षीय कृष्ण बहादुर शाही छन् । उनीहरूलाई काठमाडौंको गोकर्णेश्वर नगरपालिका वडा नं. १ रुप्सेटारबाट पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ।
उनीहरूको साथबाट तौल ५६८ ग्राम भएको २ थान भालुको पित्त जस्तो देखिने आखेटोपहार बरामद गरिएको छ । पक्राउ परेका व्यक्तिहरूलाई बरामद सामानसहित थप आवश्यक कानुनी कारबाहीका लागि डिभिजन वन कार्यालय हात्तीसार बुझाइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारको १०० दिन : सुशासन, पारदर्शिता र सेवा प्रवाहमा उल्लेखनीय सुधार
-
‘जिरो डिग्री’ तिहारमा हुने
-
तेलमा मरेको साङ्ला : न्युरोडको एक रेष्टुरेन्टलाई २ लाख जरिवाना
-
अमेरिकी पहिचानमाथि ‘नयाँ आक्रमण’ भइरहेको ट्रम्पको दाबी
-
अस्ट्रेलियाविरुद्ध इजिप्टको ऐतिहासिक जित प्यालेस्टाइनलाई समर्पित
-
रोटरी नेपाल-भुटानको गभर्नरमा कार्कीले सम्हाले पदभार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण