एनआईसी एशिया बैंकका ग्राहकका लागि स्काइवाक टावरमा २५ प्रतिशत छुट
मङ्गलबार, ११ कात्तिक २०८२, १५ : १५
काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकहरूले अब काठमाडौंको कमलादीस्थित स्काइवाक टावर मा सेवा लिँदा विशेष छुट पाउने भएका छन् । बैंक र वन्डर नेपालबीच सम्पन्न समझदारीअनुसार, स्काइवाक टावरमा डिजिटल भुक्तानी गर्ने बैंकका ग्राहकहरूले २५ प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् ।
सम्झौताअनुसार ग्राहकहरूले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिपेड कार्ड वा मोबैंक एप मार्फत भुक्तानी गर्दा उक्त छुट पाउनेछन् ।
बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सूचना अधिकारी अर्जुन राज खनियाका अनुसार यो सहकार्यले ग्राहकहरूलाई छुट सुविधा प्रदान गर्नुका साथै मुलुकमा डिजिटल भुक्तानी प्रवर्द्धन र नगदरहित कारोबार संस्कृति विकासमा टेवा पुर्याउने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण