जर्मनीका सार्वजनिक स्थान महिलाका लागि असुरक्षित: सर्वेक्षण
सारांश
- जर्मनीमा गरिएको सर्वेक्षण अनुसार ५५ प्रतिशत महिलाले सार्वजनिक स्थलमा असुरक्षित महसुस गर्छन्।
- नाइट क्लब र ट्रेन स्टेसनहरूलाई महिलाहरूले कम सुरक्षित ठाउँ मानेका छन्।
- जर्मनीमा महिला विरुद्धको अपराध बढ्दै गएको बिकेएले जनाएको छ, जुन अघिल्लो वर्षभन्दा बढेको छ।
बर्लिन । जर्मनीमा आधाभन्दा बढी महिलाले सार्वजनिक स्थलमा असुरक्षित महसुस गर्ने गरेको एक सर्वेक्षणले देखाएको छ ।
महिलाहरूले १८ वर्ष र सोभन्दा माथिका पाँच हजार वयस्कहरूमा गरिएको सर्वेक्षणमा ५५ प्रतिशत महिलाहरूले सर्वेक्षण गरिएका सबै सार्वजनिक स्थानहरू सडक, सार्वजनिक यातायात, पार्क, क्लब, र ट्रेन स्टेसनहरूमा आफूहरू असुरक्षित महसुस गर्ने गरेका बताएका थिए ।
उनीहरूले नाइट क्लब र ट्रेन स्टेसनहरूलाई सबैभन्दा कम सुरक्षित स्थानको रूपमा हेर्ने गरेको बताए । सहभागीमध्ये केवल १४ प्रतिशत महिला उत्तरदाताहरूले त्यहाँ सुरक्षित नै महसुस गरेको बताएका थिए।
पुरुषसहित सबै सहभागीहरूमध्ये ४९ प्रतिशतले उल्लेख गरिएको कुनै पनि स्थानमा सुरक्षित महसुस नगरेको बताए।
जर्मनीमा लैङ्गिक हिंसामा वृद्धि भइरहेका बेला यो निष्कर्ष सार्वजनिक भएको हो । सङ्घीय अपराध प्रहरी कार्यालय (बिकेए) का अनुसार हालका वर्षहरूमा जर्मनीमा महिलाहरू विरुद्ध हुने अपराधहरू बढ्दै गएका छन्।
लैङ्गिक विशिष्ट अपराधमा यसको पछिल्लो रिपोर्टमा बिकेएले सन् २०२३ मा महिलाहरूविरुद्ध ३२२ पूर्वाग्रह–प्रेरित अपराधहरू रेकर्ड गरेको थियो ।
अघिल्लो वर्षको तुलनामा यो ५६.३ प्रतिशतले वृद्धि हो । यस श्रेणीभित्र २९ स्त्रीद्वेषी हिंसात्मक अपराधहरू दस्तावेजीकरण गरिएको थियो । यो सन् २०२२ को आँकडाभन्दा लगभग दोब्बर हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रसुवा भन्सारबाट तानिएका यी हुन् ६ कर्मचारी, राजेन्द्र ढुङ्गाना नयाँ प्रमुख
-
संविधान संशोधनबारे पूर्वराष्ट्रपति यादव र भण्डारीकाे सुझाव : राष्ट्रिय सहमति, समावेशिता र प्रणाली सुधारमा जोड
-
एमालेको ठहरः जनतासँग दूरी बढ्नुको कारण नेताहरूको विलासी जीवनशैली
-
ऊर्जा उत्पादकहरूले भने, ’ऊर्जा क्षेत्रमा सरकारको बजेट सकारात्मक, तर चुनौती कार्यान्वयन’
-
‘सरकारविरूद्ध बोल्न बन्द गर्नुस्’ भन्दै हिरासतमै पूर्वगृहमन्त्री गुरुङले दिए धम्की
-
रुकुम पश्चिमबाट जुम्ल्याहा शिशुसहित सुत्केरीको उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण